नेकपा एमालेले आगामी चार वर्षका लागि पार्टीको नीति र कार्यक्रम तय गर्नका लागि असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा प्रथम विधान अधिवेशनको आयोजना गर्दैछ । विगतमा महाधिवेशनकै बेलामा नीति र नेतृत्व दुबै तय गर्ने गरिएकोमा यसपटक असोजमा विधान अधिवेशनबाट नीति बनाउने र मंसिरमा हुने १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने एमालेले कार्यक्रम तय गरेको छ । यही योजना अनुसार विधान अधिवेशन हुन लागेको हो ।एमालेको प्रथम विधान अधिवेशनले मुख्यतः तीनवटा विषयमा पार्टीको सिद्धान्त, कार्यदिशा र कार्यक्रम तय गर्द