बालविकास एन.सि.मासले आयोजना गरेको ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । उक्त संस्थाले नेपालमा विगत १५ वर्षदेखि हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको छ । साथै, उक्त संस्थाले देशव्यापी रुपमा हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रममा एन.सि.मासका अध्यक्ष तेजु नेपालले अक्षर मनोविज्ञानबारे आफ्नो धारणा राखेका थिए । उनले हरेक व्यक्तिको अक्षरले उसको ५ हजार चरित्र निर्धारण गर्न सकिने सुनाए ।