युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरूलाई दुरुत्साहित हुने ढङ्गले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरूलाई संरक्षण गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधा