काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रुपैयाँ घुस लिएको आरोपमा काठमाडौं डिल्लीबजारस्थित मालपोत कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। शुक्रवार साँझ मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह)का होमनाथ खतिवडालाई अख्तियारले नियन्त्रणमा लिएको हो।
मोही लगत कट्टा गर्न सेवाग्राहीसँग पाँच हजार रुपैयाँ लिएको उजुरी परेपछि आयोगको कार्यालय…