जुम्ला– तातोपानी गाउँपालिका–८ टोप्लाका ९२ वर्षीय गोभधन शाही एक चौमासिकमा १२ हजार भत्ता बुझ्छन् । पहिला हातमै पाउने भत्ता अहिले बैंकमार्फत् आउने भएपछि सास्ती भएको बताउँछन् । उनी भन्छन्, ‘भत्ता ल्याउन जाँदा आधी रकम भाडा, खाना नास्तामै सकिन्छ । बुढेसकालको शरीर हिँडेर थिलो थिलो हुन्छ । कि भेरीखोलामै बैंक हुनुपर्छ, कित हामीलाई हातमै भत्ता दिनुपर्छ […]