सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट दिने व्यवस्था गरेको छ । बैंकमा खाता खोल्नु पर्ने र स्वयं आफै गएर भत्ता बुझ्नु पर्ने भएपछि ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका एक दिन हिँडेर पनि बैंक पुग्न बाध्य छन् । आर्थिक सुशासन कायम गर्न सामाजिक सुरक्षा भत्ता वितरणमा लागू भएको बैंकिङ प्रणालीले ज्येष्ठ नागरिकलाई आउजाउमा मुस्किल हुने […]