नागरिकता किर्ते गर्ने वडाध्यक्ष थुनामा

सप्तरी : सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ थुनामा परेका छन्।सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए। उनीमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौँदेखि सामाजिक सुरक्षाभत्ता अपचलन गरेको आरोप छ। मुद्दा

सम्बन्धित सामग्री

नक्कली कागजातका आधारमा नागरिकता बनाउन काठमाडौंका वडाध्यक्ष नै संलग्न

काठमाडौं महानगर– १० का वडाध्यक्ष रामकुमार केसी किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले गत ९ जेठमा एक लाख धरौटीमा...

नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ । सम्सी गाउँपालिका–२ पर्सादेवाडका विसं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडासचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ […]

सामाजिक सुरक्षा भत्ता हिनामिनाको आरोपमा पक्राउ वडाध्यक्ष कारागार चलान

सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आराेपमा पक्राउ परेका वडाध्यक्षलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सप्तरी जिल्ला अदालतले आइतबार...

डाक्नेश्वरीका फरार वडाध्यक्ष दुई वर्षपछि पक्राउ

सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्ष पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी...

स्याङ्जामा किर्ते काम गर्ने वडा अध्यक्ष पक्राउ

स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनै लाग्दा उनीहरुले धमाधम अवैध काम कारबाहीलाई तीव्रता दिएका छन् । यहि क्रममा नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पक्राउ परेका छन् । नेपाली नागरिकता प्रमाण–पत्रका लागि वडा मुचुल्कामा किर्ते हस्ताक्षर गरिएको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष […]

वडाध्यक्षसहित तीनजनाले किर्ते गरी हत्याए  ७५ वर्षीया वृद्धाको २७ रोपनी जग्गा

संखुवासभा भोटखोलाकी बिममाया तामाङलाई वृद्धभत्ता कार्ड बनाइदिने भन्दै मालपोत पुर्‍याएर उनको जग्गा वडाध्यक्ष किङसाङ भोटेले निकटस्थ कल्पना भोटे, नासु महेन्द्र पराजुलीले श्रीमती कविता र बिममायाका भदा पर्ने सुरेन्द्रले श्रीमती ङिमा...

किर्ते गरी बनाएको नागरिकता खारेज

दाङमा किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।आईतबार अपरान्ह वडाअध्यक्षसहित सोही वडाका भीमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरिमाना, कैद सजा

सिम्रौनगढको नगरसभामा किर्ते गरी १२ करोड हिनामिनाको आरोप

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेश प्रसाद यादव, सोही नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हरिशंकर प्रसाद यादव र कार्यपालिका सदस्य परमाननन्द मुखियाले आव २०७७-०७८ को नगरसभामा किर्ते गरि १२ करोड हिनामिना भएको भन्दै दोषीहरुमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुले यस्तो माग गरेका […]