भिषण वर्षापछि नवलपुरको कावासोती –१५ को धान बारीको कुलोमा आएको पानीमा माछा मार्दै थारु महिला । थारु महिलाको महान पर्व जितियाको आज अन्तिम दिन, थारु समुदायले जितियामा माछाका परिकारलाई अनिवार्य खानाको रुपमा प्रयोग गर्छन् । तस्विरः बोमलाल गिरी
चितवन । जिल्लाको माडी नगरपालिका–१, गर्दीको कृषक समूहमा आवद्ध थारू महिला कृषि–कर्ममा सक्रिय हुन थालेका छन् । केही वर्षअघिसम्म घरको चुलो चौकामा व्यस्त हुने उनीहरू अहिले फरक काममा रमाउन थालेका हुन् ।
गर्दीमा बसोवास गर्नेमध्ये ५५ जना थारू महिला आम्दानीको नयाँ स्रोतको खोजी गर्न व्यावसायिक कृषि कर्ममा जुटेका छन् । सामूहिकरूपमा हाँस, लोकल कुखुरा, माछापालनसँगै च्याउ र केरा खेती गरेर उनीहरू राम्रो आम्दानी लिन सफल भएका छन् । र, व्यावसायिक काममा पनि पुरूषभन्दा अब्बल हुन सक्छन् भन्ने उदाहरण पेश गरेका छन् ।
महिलाहरूले कृषि–कर्मका लागि थारू महिला कृषक समूहसमेत खोलेका छन् । त्यही समूहबाट मल तथा बीउबिजन ल्याउने, शीप सिक्ने र विक्री वितरण गर्ने गरेको समूहकी अध्यक्ष हीरामणि गुरौले बताइन् । ‘पहिला समूहमा ९४ जनासम्म सहभागी थियौं । अहिले कति साथीहरू अन्य व्यवसाय र घरको काम भनेर निस्कनुभयो,’ उनले भनिन्, ‘अहिले समूहमा ५५ जना छौं । तर, जति छौं उतिचाहिंँ सक्रिय छौं ।’
उक्त समूहको फार्ममा ५०० हाँसका चल्ला छन् । एक हजार चल्ला हाल्ने तयारी भए पनि अत्यधिक जाडोका कारण ५०० मात्रै हालिएको र जाडो कम भएपछि थपिने योजना रहेको उनी बताउँछिन् ।
यससँगै उनीहरूले च्याउ खेती पनि थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने गरेकाले च्याउ खेती थालेको उनले बताइन् । शुरूमा काम गर्न नजान्दा समस्या भए पनि प्राविधिकहरू ल्याएर काम सिकेपछि अहिले सहज भएको उनको भनाइ छ ।
थारू समुदायको बाहुल्यता रहेको यस गाउँका हाँस, कुखुरा तथा माछा किन्नका लागि ग्राहकहरू फार्ममै आउने गरेका छन् । अर्गानिक उत्पादन भएकोले अहिले मागअनुसार हाँस पु¥याउन नसकिएको समूहकी अध्यक्ष गुरौको भनाइ छ ।
उक्त समूहले हाँसदेखि माछा पाल्ने संरचना बनाउन साढे ८ लाख रुपैयाँ खर्च गरेको छ । अध्यक्ष गुरौका अनुसार संरचना बनाउनका लागि माडी नगरपालिकाबाट र स्थानीय जनसहभागिताबाट गरी ८ लाख ५४ हजार ३४८ रुपैयाँको लागतमा हाँस, कुखुरा तथा माछा पाल्ने संरचनाहरू बनाइएको छ ।
उनले संस्थाको आम्दानीबाट समूहलाई आवश्यक संरचनाहरू बनाउन खर्च गरिएको बताइन् । माडी–१ का पूर्ववडाअध्यक्ष कृष्ण पौडेलको उत्प्रेरणा र समन्वयका कारण आफूहरू संगठित भएर कृषि–कर्ममा जोडिएको समूहकी अध्यक्ष गुरौले बताइन् ।
सामूहिकरूपमा काम गरेमा काम गर्न सहज हुनुका साथै थोरै लगानीमा पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । ‘पहिला यहांँका महिला घरमै बस्थे, घाँस–दाउराका लागि जंगल जान्थे, माछा मार्न खोला जान्थे । अहिले उनीहरूको दैनिकी फेरिएको छ,’ गुरौले भनिन् । आगामी दिन यस कर्मलाई थप व्यवसायिक र विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
कैलालीको भजनी नगरपालिकाअन्तर्गत हुलाकी सडकमा माछा मार्न जान लागेका थारू महिला । उनीहरू एकैठाउँमा सामूहिकरुपमा जम्मा भएर वर्षातको पानी जम्मा भएको तलाउ वा पोखरीमा गएर हेल्काको प्रयोग गरी माछा मार्न जाने गर्दछन् । - तस्वीर : झलनाथ खनाल/रासस
कञ्चनपुर : यो याममा रोपाइँ सकेर फुसर्दिला भएका कञ्चनपुरका थारू महिला नदी, ताल तलैया र खोलामा जाल बोकेर माछा मार्दै गरेको भेटिनु नौलो होइन। यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माछा मार्ने पुरानो चलन छ।
पोखरीमा पालिएका र बजारमा बेच्न राखिएका माछाभन्दा थारु समुदाय नदी, खोला, नाला र तलाउमा पाइने स्थानीय जातक...