काठमाडौं : सरकारले चितवनको निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अगाडि बढाउने भएको छ। संघीय संसदका दुवै सदनलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमअन्तर्गत यसको घोषणा गरेकी हुन्।सो क्रममा गौतम बुद्ध रंगशाला निर्माणको बाँकी काम टुङ्गो लगाउन समन्वय र सहजीकरण गर्ने उल्लेख गरेकी छन्। उनले फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानको निर्माण शुरु गर्ने बताएकी छन्।फाप्लाको जग्गा विवाद यसै वर्ष समाधान भएको छ भन