ऐनविपरीत इन्धन आपूर्तिमा अवरोध

पेट्रोलियम ढुवानी व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । व्यवसायीले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ विपरीत पेट्रोलियम पदार्थको खरिद आदेश (पीडीओ) लिएका छैनन् । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा प्रतिवेदन कार्यान्वयन गर्ने माग राखी गत शुुक्रबारदेखि इन्धनको पीडीओ उठाएका छैनन् । अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको खरिद, ढुवानी, बिक्री वितरण रोक लगाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । तर व्यवसायीले नियमन उलङ्घन गरेर इन्धन आपूर्तिमा अवरोध गरेका हुन् । पीडीओ नउठाउँदा बजारमा हवाई इन्धनदेखि पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

सम्बन्धित सामग्री

इन्धन ढुवानीमा व्यवसायीको घुर्की

इन्धन बिक्री गरेबापत आफूहरूले पाउने कमिसन नबढाएको झोंकमा केही पेट्रोलियम व्यवसायीले शुक्रबार ऐनविपरीत इन्धन ढुवानी बन्द गरे । अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न नपाइने उल्लेख भए पनि ऐन उल्लंघन गर्दै उनीहरूले ढुवानी बन्द गरे । घाटा चुलिएको भन्दै आयल निगमले मूल्य संरचनामार्फत प्रतिशतमा दिँदै आएको विक्रेता कमिसन यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।