काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संशोधनविना अघि बढ्न नसक्ने बताएका छन् ।
उनले सत्ता गठबन्धनमा एमसीसी सम्झौतामा केही संशोधन गर्ने सहमति भएको सुन्नमा आएको भन्दै त्यो के हो सबैलाई जानकारी गराउन अनुरोध गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै...