मेगा बैंकले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरू विस्तार गरेको हो । योसँगै मेगा बैंकको २०७ शाखा पुगेको छ । अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधासँगै शाखा विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।