बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट बिजुली लिन सुझाव
उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने जनाएको छ।...
विद्युत आपूर्ति नियमित नहुँदा पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योग संकटमा परेका छन् । तालिका नभएको अस्पष्ट लोडसेडिङ, पिक आवरबाहेको समयमा आपूर्ति हुने विद्युत पटक पटकको ट्रिपिङले कारखानाको सञ्चालन प्रणाली नै अनियन्त्रित बनेपछि करिडोरका उद्योग संकटमा परेका हुन् । “बिजुली आउने जाने ठेगान नभएपछि कारखानाको सञ्चालित पद्दति बिथोलिँदा करिडोरका उद्योगमा संकट आएको छ” उद्योग वाणिज्य संघ […]
नेपाल विद्युत प्राधिकरणले सुख्खा सिजनमा बिजुली उत्पादन कम हुँदा कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोर लगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ । विनाजानकारी उद्योगहरूको विद्युत आपूर्ति कटौती गरिएको भन्दै उद्योगीहरू आन्दोलनमा उत्रिएका छन् । उद्योगिहरुको गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने […]
सुनसरी : नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरूले उद्योग चलाउन समस्या भएको बताएका छन्।देशैभरिका उद्योगीले पूर्व जानकारीबिनै १४ घण्टा लोडसेडिङ भएकोमा विरोध गरिरहेका छन्।उनीहरूले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने मागसमेत गरिसकेका छन्। तर प्राधिकरणले कुनै प्रतिक्रिया जनाएको छैन। रुस–युक्रेन युद्धका कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ।युद्धका&
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीलाई प्राथमिकतामा राखेर प्रसारण लाइन र विद्युत् सबस्टेसन निर्माण तीव्र पार्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न आयोजना अनुगमन गरेका घिसिङले परासीदेखि भैरहवासम्मका औद्योगिक करिडोर क्षेत्रका उद्योगलाई बिजुली उपलब्ध गराउने गरी निर्माण भइरहेका प्रसारण लाइन र सुनवलको सब–स्टेसन निर्माण तीव्र पार्न निर्देशन दिएका हुन् ।