विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ । लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप छ । “महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार नदीमा फलिएका फोहर सडेर लुम्बिनी दुर्गन्धित र कुरुप देखिएको छ”, स्थानीय व्यापारी बबिन बरइले […]