सर्वोच्च अदालतले नेपाली नागरिकसँग विवाह गरेका विदेशीलाई गैर पर्यटकीय भिसा दिन अध्यागमन विभागलाई आदेश दिएको छ। कन्चनपुर महेन्द्रनगरकी सुमन पन्तले गत चैत २० मा दायर गरेको रिटमा फैसला गर्दै आनन्द मोहन भट्टराई र टंक मोक्तानको इजलासले समलिंगी विवाह गरेर आएका विदेशीलाई गैर पर्यटकीय भिसा दिन आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ। उक्त आदेशको पूर्ण पाठ…