स्थानीय तह निर्वाचन धेरै महंगो भएको भन्दै महंगो निर्वाचन प्रणालीलाई सच्याउनुपर्नेमा उहाँको जोड छ । उहाँले स्थानीय तहमा स्वतन्त्र प्रणाली विकास गर्ने तथा संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै आएको छ । तर, नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनकानी गर्दै आएको छ । पेट्रोलियम पदार्थको कारोबार गरी निगमले १५ दिनमा ६० करोड रुपैयाँ नाफामा कमाइ रहेको छ । नाफामा भएपनि इण्डियन आयल कर्पोरेसन (आईओसी) लाई ४ अर्ब ८० करोड र नेपाल सरकारलाई […]
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निवेदन दिएका हुन् । केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख […]
काठमाडौँ– सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको भएपनि नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् ।
नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए । भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।‘मूल्य बढेर आउँदा जनतालाई मूल्य भार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको
भारतले दुई दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले भने मूल्य घटाउन आलटाल गरिरहेको छ। उसले मूल्य घटाउन नसक्ने दाबी गर्दै आएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने दाबी गरेको छ। निगमलाई इन्धन मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै […]
नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो ।निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिती रहेको निगमको भनाइ छ ।यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलम
काठमाडौं : अनेरास्ववियू वागमती प्रदेश कमिटी उपत्यका बिशेष कमिटीले पेट्रोलियम पदार्थको र एलपी ग्यासको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ। बुधबार टेकुस्थित आयल निगममा कालोपाट्टी बाँधेर प्रदर्शन गर्दै आयल निगमलाई ज्ञापनपत्रसमेत बुझाइएको छ।पेट्रोलियम पदार्थको मूल्य अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएकोप्रति बिरोध प्रदर्शन गरेको हो।केही दिन भित्रमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे निरन्तर आन्दोलन गर्ने अनेरास्ववियूले जनाएको छ। यता, आयल
अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर मूल्य घटाएपनि नेपाल आयल निगमले मूल्य नघटाएको भन्दै अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य समेत ७७ रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको छ । तर, आयल निगमले घाटापूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वि
काठमाडौं। अन्ततः तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार भएको छ। ओपेकको बैठकबाट तेल उत्पादक राष्ट्रहरुले तेलको आपूर्ति बढाउन सहमत भएका हुन्। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ अमेरिकी डलर पुगिसकेको छ। खासगरी संसारका मुख्य तेल उत्पादक राष्ट्रहरुले कोभिड–१९ महामारीपछि तेलको उत्पादन कटौती गर्दा मूल्य निरन्तर बढिरहेको छ। अब तेलको मूल्य घट्ने आँकलनसमेत गरिएको छ।