१४ असोजमा प्रदर्शनमा आउने फिल्म हो ‘बाबरी’ । ३१ भदौमा प्रदर्शनको तयारीमा रहेको यो फिल्मले हालै रिलिज मिति परिवर्तन गरेको हो । रिलिज मिति परिवर्तन गरेपनि फिल्मले प्रचार प्रसार भने गरिरहेको छ । यस्तैमा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा दुई युवक एक युवतीको प्रेममा डुबेपछि आउने उतार–चढावलाई समेटेको छ । टे«लरमा अभिनेत्री अदिति बुढाथोकीको माया पाउन धीरज मगर र धीरज नाडकरले गरेको संघर्ष समेत समेटिएको छ ।त्रिकोण