अमेरिकी वैज्ञानिकहरुले गर्भाधान रोक्ने एन्टिबडी निर्माण गरेका छन् । गर्भनिरोधक औषधिहरूको विकल्पको रुपमा गर्भाधान एन्टिबडी बनेको वैज्ञानिकहरुले बताएका छन् । उक्त एन्टिबडीले गर्भनिरोधक औषधिको रुपमा काम गर्छ । यो गर्भाधान रोक्ने हर्मोनको प्रयोग नहुने तरिका हो । यसमा एन्टिबडीको मद्दतले गर्भाधान रोकिन्छ । यसको असर हर्मोनमा पर्दैन । एन्टिबडी निर्माता अमेरिकाको नर्थ क्यारोलिना युनिभर्सिटीका वैज्ञानिक भन्छन्, ‘यो महिलाका लागि नयाँ प्रकारको कन्ट्रासेप्टिभ हो । यसले गर्भनिरोधक औषधिबाट हुने