जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ । बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।