नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन्। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज बिर्तामोडमा २५औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए।