काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो। छलफल सकारात्मक भएको गृहमन्त्री स्रोतले जानकारी दिएको छ।