अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन्। पोखरामा भएको अखिल क्रान्तिकारीको २२ औँ सम्मेलनबाट शाही अध्यक्षमा चयन भएका हुन्। बुधबारबाट सुरु भएको सम्मेलनले शनिबार संगठनको नेतृत्व घोषणा गरेको हो। पार्टी अध्यक्ष विप्लवले बुधबार पोखरामा सम्मेलनको उद्घाटन गरेका थिए।

सम्बन्धित सामग्री

विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा शाही

काठमाडौं । नेत्रविक्रम चन्‍द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही चयन भएका छन् । पोखरामा शनिबार सम्‍पन्‍न २२ औँ राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्‍वत् अध्यक्षमा चयन गरेको हो । १ सय ५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा नरेन्द्र विक, महासचिवमा मिलन राई, सचिवमा वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर चयन भएका छन् । […]