नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ। कांग्रेस महामन्त्री गगन थापाले एक परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मातहतका निकायलाई भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका हुन् । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उमेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फको लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय