६ लाख घुस लिएको आरोपमा मालपोत वाराका प्रमुखसहित २ पक्राउ
मालपोत कार्यालय वाराका कार्यालय प्रमुख र एक जना लेखापढि ब्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग घुस मागेको आरोपमा कार्यालय प्रमुख (नायब सुब्बा) मनोज कुमार खनाल र लेखापढी व्यवसायी ...
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
काठमाडौँ। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई डेढ सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको आयोगका […]
जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज (आइतबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ । जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]
काठमाडौँ महानगरपालिकाका एक वडा सदस्य सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । महानगरपालिकाको वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमिव्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस दिनका लागि घुस मागेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगको अनुसन्धानबाट महर्जनले घुस लिएको पुष्टि भएकोकाले भ्र
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज (शुक्रबार) विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको ...
बनेपा। सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिदै गर्दा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार ...