देश संघीयतामा आएको झण्डै पाँच वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका कतिपय संरचना अझै लुम्बिनी प्रदेशबाट चलिरहेका छन् । नागरिकले नजिकबाट सरकारी सेवा र सुविधा पाउनु संघीयताको मुल मर्म हो । तर संघीय सरकारले आवश्यक अधिकार नदिँदा र प्रदेश सरकारले तदारुकता नदेखाउँदा कर्णालीमा हुनुपर्ने सुरक्षा निकायका संरचनाहरु अझै लुम्बिनीबाटै सञ्चालन भइरहेका हुन् ।प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र र कुकुर शाखालाई प्रदेश सरकारले अझै कर्णालीमा ल्याउन सकिरहेको छैन । पूर्वाधारको अभाव देखाउँदै तालिम केन