दैलेख : कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लामा कोरोनाका सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले वैशाख २१ गते (मंगलबार) राति १२ बने देखि वैशाख २८ गते (मंगलबार) सम्म दैलेखमा निषेधाज्ञा जारी गरिने निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। यहाँ पछिल्ला दिनमा भारतबाट आउनेको सङ्ख्या बढ्दै गएको छ। न