काठमाण्डाै – नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताउनु भयो ।
उहाँले वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकताालई ध्यानमा रा...