काठमाण्डौ – सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ ।
फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय सरकारले गरेको हाे।
हिजो बसेको मन्त्रीपरिषद्को बैठकले फाउण्डेसनको कर छुटसहित नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुमा रहेको सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्...
काठमाडौं : सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भ ५३ (१) लाई संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
११ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने भएको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ । पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुलीमा गर्न अनुरोध गरिएको […]
काठमाडौँ, २ माघ। गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोजना बीचमै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै फाउण्डेशनविरुद्ध सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो । बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी […]
चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र […]
The post क्रिकेट रङगशाला निर्माणबाट पछि हटे धुर्मुस सुन्तली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत दिएको छ। फाउण्डेशनले बाढी÷पहिरो पीडितलाई राहतस्वरुप अत्यावश्यक वस्तुको सहयोग गरेको हो। जसमा ६० बोरा चामल, २५० केजी दाल, १०० प्याकेट नून, ५० लिटर तेल, २ रोल म्याट र ३४ वटा ब्यल्यांकेट दिइएको कुमार कट्टेल ‘जिग्री’ले बताए।
धुर्मुस सुन्तली फाउण्डेसनले सञ्चालन गरेको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ । काठमाडौंको शंखमुलमा रहेको सो कलेजले १ लाख रुपैयाँ सहयोग प्रदान गरी कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको छ ।कलेजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सहयोग […]
चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सु
काठमाडौं । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ। रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन्। रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए। धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफू