कर्जा बढ्यो, निक्षेप बढेन

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा विस्तारलाई तीव्रता दिने क्रम अझै जारी राखेको पाइएको छ । निक्षेप संकलन नभएपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लगायत मौद्रिक उपकरणबाट ऋण लिएरै बजारमा कर्जा प्रवाह गर्ने गरेका छन् । नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन लागेपछि पनि वाणिज्य बैंकहरूले कर्जा विस्तारलाई तीव्रता दिएका छन् । माघ महीनामा १२ अर्ब रुपैयाँले कर्जा बढाएका बैंकहरूले फागुनको २ सातामा  १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । बैंकहरूले फागुन पहिलो साता ४ र दोस्रो साता ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा निक्षेप भने २ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । तरलता अभाव कारण देखाउँदै फागुन महीनादेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए । वाणिज्य बैंकहरूले फागुनदेखि निक्षेपको अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्‍याएका छन् । रेमिट्यान्सको रकमलाई यसमा थप १ प्रतिशत ब्याज दिन पाउँछन् । ब्याजदर बढाए पनि बैंकहरूमा निक्षेप भने बढ्न सकेको छैन । त्यसैले बैंकहरूले राष्ट्र बैंकबाट तरलता प्रवाह हुने मौद्रिक उपकरण स्थायी तरलता सुविधा (एसएलएफ), रिपो, ओभरनाइट रिपो र सीधै किन्ने सुविधाबाट रकम लिएर कर्जा विस्तार गरेका हुन् । बैंकहरूले चालू आर्थिक वर्षमा तरलता प्रवाह गर्ने मौद्रिक उपकरण २ हजार ४ सय ८१ पटक उपभोग गरी फागुन १५ गतेसम्ममा ४५ खर्ब ९१ अर्ब ६४ करोड रुपैयाँ उपभोग गरेका छन् । यसमध्ये १ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमै छ । बैंकहरूले मौद्रिक उपकरणबाट हालसम्मकै उच्च तरलता उपभोग गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । ‘बैंकहरूलाई अप्ठ्यारो अवस्थामा तरलता व्यवस्थापन गर्न तरलता प्रवाह गर्ने सुविधा राखिएको हो,’ उनले भने, ‘तर, राष्ट्र बैंकमै भर पर्नु बैंकहरूको कमजोरी हो ।’ नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बैंकहरूले नयाँ लगानी नगरेको बताउँछन् । ‘पहिल्यै स्वीकृत भएका कर्जाहरूमा ऋणीको अवस्था हेरेर केही लगानी भएको होला,’ उनले भने, ‘नयाँ कर्जा विस्तार गर्ने अवस्थामा बैंकहरू छैनन् ।’ एसएलएफलगायत सुविधाबाट पाउने रकम बैंकहरूको आफ्नै पैसा भएकाले नियमअनुसार नै त्यो रकम सदुपयोग गरेको उनले दाबी गरे । चालू आवको माघ मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ विस्तार हुँदा कर्जा प्रवाह ४ खर्ब ३४ अर्ब रुपैयाँले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह अत्यधिक भएको र अधिकांश कर्जा आयातलगायत अनुत्पादक क्षेत्रमा जाँदा तरलता अभाव हुँदै आएको छ ।

सम्बन्धित सामग्री

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेडले लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । कर्जा सुरक्षण नियमावली, २०७५ दोस्रो संशोधनको अधिनमा रही सम्झौता भएको जनाएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ । गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा बाणिज्

निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक

काठमाडौं, जेठ २५ । असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह खुम्चिएको छ । जेठ तेस्रो साता वाणिज्य बैंकहरूमा ७ अर्ब रुपैयाँ निक्षेप बढे पनि कर्जा […]

वाणिज्य बैंकहरुको कर्जा र निक्षेप वृद्धि

काठमाडौं । पछिल्लो समय वाणिज्य बैकहरुको कर्जा निक्षेप दुवैमा सुधार आउँदै गएको छ । वाणिज्य बैंकहरुले जेठ महिनाको दोस्रो सातासम्म निक्षेप र कर्जा लगानी दुवैमा वृृद्धि गरेका हुन् । नेपाल बैकर्स संघले जेठ १३ सम्मको विवरण सार्वजनिक गर्दै निक्षेपमा १३ अर्बको बृद्धि भएको जनाएको हो । जेठको पहिलो साता ७ अर्बले बृद्धि भएको निक्षेप दोश्रो […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]

कर्जा र निक्षेप लगातार ओरालो

काठमाडौं, जेठ ५ । बैंकहरूको कर्जा र निक्षेप निरन्तर ओरालो लागेको छ । बजारमा तरलता अभावसँगै बैंकहरूमा निक्षेप बढ्न नसकेपछि बैंकहरूले कर्जा प्रवाह पनि घटाउँदै लगेका छन् । नेपाल बैंकर्स संघका अनुसार वैशाख महीनामा मात्र वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । चैत अन्तिममा वाणिज्य बैंकहरूसँग कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा २७ वटा वाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहन सफल भएको हो । गत वैशाख महिनासम्ममा बैंकले २४.३५ प्रतिशतले निक्षेप बृद्धि गर्दै ३१.९८ प्रतिशतले कर्जा लगानी बृद्धि गरेको छ ।२७ वटा बाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको छ । बाणिज्य बैंकहरुको औसत निक

कर्जा बढ्यो, निक्षेप बढेन

वाणिज्य बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा विस्तारलाई तीव्रता दिने क्रम अझै जारी राखेको पाइएको छ । निक्षेप संकलन नभएपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लगायत मौद्रिक उपकरणबाट ऋण लिएरै बजारमा कर्जा प्रवाह गर्ने गरेका छन् ।नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन लागेपछि पनि वाणिज्य बैंकहरूले कर्जा विस्तारलाई तीव्रता दिएका छन् । माघ महीनामा १२ अर्ब रुपैयाँले कर्जा बढाएका बैंकहरूले फागुनको २ सातामा  १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छ

आठ अर्ब निक्षेप घट्दा सात अर्ब कर्जा

मंसिर पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्ममा ८ अर्ब निक्षेप घटेको हो ।यस अवधिमा कर्जा लगानी भने ७ अर्ब रुपैयाँ वृद्धि भएको छ ।मंसिर तीन गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब निक्षेप संकलन गरी ४० खर्ब ४१ अर्ब कर्जा […]

निक्षेप भन्दा तीन गुणा बढी कर्जा लगानी

बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत साता सम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ ।  कर्जा लगानीले आर्थिक गतिविधि बढीरहेको सं