काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभएको छ ।
आज सोमवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभएको हो । उहाँले भ्रमणमा देशलाई उचित हुनेभन्दा बाहेक अन्य कुनै पनि गतिविधि सरकारले गर्न नहुने बताउनु भयो ।
...