काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौं महानगरलाई प्रयोग गर्न दिने भएको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले भोटाहिटी चोकमा नेपाल प्रहरीको साइवर व्यूरोले प्रयोग गरिरहेको जग्गा तथा उक्त जग्गामा रहेको घर काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिने निर्णय गरेको हो । उक्त सहमति दिएपछि त्यसलाई काठमाडौं […]
चितवन- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरू स्थायी नहुने बताएका छन्। प्रेस चौतारी चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन्। उपमहासचिव भट्टराईले भने, ‘दुनियाँका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेको, जमिनमा टेकेका दलहरूले नै […]
काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४/२५ मा समग्र वित्तीय समावेशीकरण सूचकाङ्क ०.४७ बाट बढेर ०.५३ पुगेको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा प्रकाशित प्रतिवेदनले यो सूचकाङ्कमा उल्लेख्य सुधार भएको देखाएको हो […]
काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको बताएका छन्। यो निर्वाचन सामान्य निर्वाचन नभएको स्पष्ट गर्दै पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका उपाध्यक्ष ‘बादल’ले देशभक्त र देशद्रोहीहरूबीचको सङ्घर्ष भएको बताए । प्रवासी नेपाली संघ, भारतको केन्द्रीय समितिको […]
भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय र सानोठिमीस्थित बाल सुधार गृहको आज अवलोकन गरेका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन आएका उनले भक्तपुरको दरबारस्क्वायरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र मध्यपुरथिमि सिन्टीटारस्थित कृषि विकास बैङ्क तालिम केन्द्रमा सञ्चालन गरिएको भक्तपुर क्षेत्र नं २ […]