रामेछापको उत्तर पूर्वी गाउँ गुम्देलको क्यामा खोलामा निर्माणाधीन पुल ९ वर्षमा पनि अधुरै छ । १३ मिटर लामो उक्त अधुरो पुल निर्माणमा अझै सम्बन्धित निकायको चासो पुगेको छैन । पुल नबन्दा गुम्देलको क्यामा लगायतका गाउँका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।