विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको बताएको छ । तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले बताउनुभएको छ । जेनेभामा भएको एक पत्रकार सम्मेलनमा टेड्रोसले चेतावनी दिँदै भन्नुभएको छ “ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्टभन्दा कम गम्भीर देखिन सक्छ तर यसलाई हल्का […]