सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोक कुमार चौधरीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।