केहि दिन अगाडि सरकारले निषेधाज्ञा लगाउने घोषणा गरेसँगै उपत्यकाका मुख्य बजारमा बिबाहका सामान खरिद गर्न मानीस ओईरिएका थिए । नेपाली पात्रो अनुसार बैशाख महिनामा बिहे गर्दा उन्नती ,प्रगती हुन्छ भन्ने ठानेर मानीहरुको भीड लागेको थियो । तर कोभिड १९ (कोरोना भाईरस) को सक्रमणका कारण मानीस भेला हुन र होटल सञ्चालनमा पूर्णतया रोक लगाउँदै सरकारले निषेधाज्ञा जारी गरेपछि धेरै बैबाहिक समारोह रोकिने भएका छन् ।