भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारीअनुसार नयाँ सङ्क्रमितमध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिन पछिकै सबैभन्दा कम हो । पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ सङ्क्रमित भएकाहरू भन्द