भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौँ आउने - NepaliPatra

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार काठमाडौँ आउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौं आउन लागेका हुन् । बैठक पुस १९ र २० गते काठमाडौँमा बस्नेछ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेश […]

सम्बन्धित सामग्री

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन् । दुई दिने नेपाल भ्रमणमा आउने विदेशमन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन् । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११:०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने कार्यतालिकामा उल्लेख ग...

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज (बिहीबार) नेपाल भ्रमणमा आउने भएका छन् । ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी -

प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका देउवा पहिलोदिनमै भाजपाको हेड अफिसमा

भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्य कार्यलय पुगेका छन्। नेपालको प्रधानमन्त्रीका हैसियतमा भारत भ्रमणमा गएका देउवाले भारत पुगे लगत्तै पहिलोदिन मै भाजपा को मुख्य कार्यलय पुगेका हुन्। दिल्लीको ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेपछि प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुगेका थिए। प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेट गरेका थिए। त्यसपछि देउवा पण्डित दिनदयाल उपाध्याय मार्गमा रहेको भाजपा पार्टी कार्यालयमा गएका हुन्। त्यहाँ प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरे ।    नेपालबाट प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले भारतको एउटा अमुक पार्टीको कार्यलयमा जानु यस क्षेत्रका जानकारहरुले कुटनीतिक मर्यादाविपरित भएको बताएका छन्। यस अगाडी प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणको क्रममा जाने कुनै पनि प्रधानमन्त्रीले होस् वा नेपाल भ्रमणमा आउने भारतका प्रधानमन्त्री होस्, यसरी कोहि पनि एउटा अमुक पार्टीको कार्यलय नपुगेको जानकारहरुको भनाई छ।  प्रधानमन्त्री नभई पार्टी सभापतिको हैसियतले भारत भ्रमणको लागि गएको भए यसरी एउटा पार्टी कार्यलय पुग्नुलाई अन्यथा मान्न नमिल्ने तर अहिले पनि यो सामान्य नभएको उनीहरुको भनाई छ। प्रधानमन्त्री देउवा चार जना मन्त्री र विभिन्न मन्त्रालयका सचिव, सल्लाहकार तथा व्यवसायीहरु सहितको ५० जनाको टोलि लिएर तीन दिने भारत भ्रमणको लागि आज भारत गएका हुन।