‘प्राप्तिजस्तो खेलाडी बन्न असम्भव होइन, तर सजिलो छैन’ (भिडियोसहित)

काठमाडौं । प्राप्ति बतास भर्खर ‘टिनएज’मा प्रवेश गरिन् । उमेरको हिसाबले उनी सानै छिन् । तर, उनले प्राप्त गरेको सफलता धेरै ठूलो छ । मुवाथाईकी खेलाडी प्राप्तिले हालै मलेसियामा सम्पन्न आईएफएमए वर्ल्ड मुवाथाई ग्रान्डस्लाम च्याम्पियनसिपमा रजतपदक जितिन् । त्यति मात्र होइन, आईएफएमए युथ वर्ल्ड च्याम्पियसिपमा पनि कास्यपदक जितिन् । उक्त प्रतियोगितामा यो...

सम्बन्धित सामग्री

मेरो बैंक खाता

वर्षौं, महीनौं मात्र हैन, अहिले पनि खल्ती पूरै खाली भएको साता छ । तर, मसँग पनि एउटा बैंक खाता छ । खातामा पैसा नभए पनि बैंकले हरेक वर्ष खाता नवीकरण गर भन्छ । म नवीकरण गर्छुु । बैंकले हजुरबाउ, बाउको नाम लेख भन्छ । म लेखेर पठाउँछु । फेरि अर्को वर्ष पनि बैंकले बाउ र हजुरबाउको नामसहित केवाईसी भर्न लगाउँछ ।  म भन्छु– म मान्छे उही, मेरा बाउ र हजुरबाउ त हरेक वर्ष फेरिन्नन् । फेरि यो झन्झट किन ? बैंक भन्छ– ‘यो डिजिटल बैंकिङको युग हो, त्यो फर्म त भर्नैपर्छ ।’ म लाचार हरेक वर्ष खाता नवीकरण गराउँछु, बाउबाजेको नाम फेरि भराउँछु । तपाईं नसोध्नुहाला कि त्यो कुन बैंक हो भनेर । बैंकको नाम भनेर म आफ्नो र बैंकको नाक कटाउन चाहन्न । मेरो, यसकारण कि मेरो खातामा दाम छैन । बैंकको त्यसकारण कि म जस्तो खाली खल्तीवालाको खाता खोलिदिएकै किन होला जसको कुनै काम छैन ।  खैर, मैले त श्रीमतीजीको आग्रह अस्वीकार गर्न नसकेर बैंक खाता खोल्न स्वीकार गरेको थिएँ । उनको भनाइ थियो, ‘कतै बाटामा हिँडेकालाई पनि तानेर मन्त्री, मुख्यमन्त्री बनाउने आजको जमानामा भाग्यमा सत्ता पल्ट्यो भने देश सेवाबापत बैंक खातामा ह्वात्तै पैसा आउन के बेर ?’ यतिखेर मसँग बैंक खाता त छ, तर त्यसको पेट खाली छ । कुनै मन्त्री, सरकारी हाकिम, ठेक्कापट्टावालाले विदेशी बैंकमा राख्नुको साटो मेरा खातामा पनि केही लाख रुपियाँ राखिदिए भने त उनीहरूको विदेश आउने–जाने खर्च जोगिन्थ्यो । अझ हाम्रो सरकारको कोपभाजनमा परेर त्यो देशले पैसा जफत गर्ने जोखिमबाट उनीहरू बच्न सक्थे भने मेरो बैंक खाताको पनि इज्जत बच्थ्यो । बैंक खाता हुनु भनेको धनी हुनु पनि हो । त्यसैले एकताका सबै नेपालीलाई धनी बनाउन हरेक नेपालीको एक बैंक खाता अभियान नै चलाइएको थियो । अझ कतिपय उदार बैंकहरूले त आफै पैसा हालिदिएर पनि बैंक खाता खोलिदिएका थिए । त्यो खातामा पछि पैसा थपिए कि थपिएनन् थाहा भएन । के चैं थाहा छ भने धेरै नेपालीका एकभन्दा धेरै बैंकका खाता छन् । त्यै तथ्यांक देखाएर कत्तिले आफ्ना दुना पनि सोझ्याएका होलान् । त्यसो त अहिले मसँग धेरैओटा बैंक खाता खुलेका छन् । तपाईं सोध्नुहोला, ‘कहाँबाट ल्याउनुभयो पैसा त्यति धेरै बैंकमा खाता खोल्न ? चिठ्ठा–सिठ्ठा पर्‍यो कि अपुताली सर्‍यो ? ससुरालीतिरबाट पैसा झर्‍यो कि ठेक्कापट्टा हात पर्‍यो ?’  खासमा त्यस्तो केही भएको छैन । हरेक दिन बैंकहरूबाट मीठो स्वरका धनी बैनीहरूले म गरीबलाई पनि फोन गर्छन् । भन्छन्, ‘सर, जिरो ब्यालेन्समा पनि हुन्छ, हाम्रो बैंकमा खाता खोल्नुस्, राम्रो इन्टे्रस्ट पाइन्छ ।’ म पनि भन्छु, ‘यसरी नै मीठो बोल्दै जानुस्, मलाई यसै इन्ट्रेस्ट आइराछ ।’ यै मिठो स्वरको चक्करमा एक दर्जन बैंकमा मेरो खाता खुलेछ । अहिले फेरि बैंकहरूबाट फोन आउन थालेको छ, ‘तपाईंको बैंकमा ब्यालेन्स जिरो भएकाले पैसा राख्नुहुन्छ कि खाता बन्द गर्दिम्’ । म भने तनावमा छु, न पैसा हुने भयो, न खाता नम्बर नै । कमसे कम पैसा नभए पनि मेरो पनि बैंक खाता छ भन्ने सुख त थियो ।  कतै बाटामा हिँडेकालाई पनि तानेर मन्त्री, मुख्यमन्त्री बनाउने आजको जमानामा भाग्यमा सत्ता पल्ट्यो भने देश सेवाबापत बैंक खातामा ह्वात्तै पैसा आउन के बेर ? बैंक खाता हुनु भनेको धनी हुनु पनि हो । त्यसैले एकताका सबै नेपालीलाई धनी बनाउन हरेक नेपालीको एक बैंक खाता अभियान नै चलाइएको थियो । हुन त भाग्यले साथ दियो भने खातामा पैसा आउन पनि के बेर ! देख्नुभएकै छ नि हाम्रो देशमा कत्ति बेरोजगार, रोडपतिहरू राजनीतिमा हाछ्युँ गरेकै भरमा कसरी रातारात करोडपति भए । कति भाषण गरेकै भरमा, टिभीमा स्वर सुक्नेगरी फुकेकै भरमा देशमा के के भए भए । के था म पनि बालुवाटारतिरबाट सिंहदरबारतिर तानिन सक्छु, ताननीय बन्न सक्छु, माननीय बनाइन सक्छु । जसको बाउले जीवनमा धान वा मकैका लाखवटा दानासम्म देखेन, उसले करोडौंका दामका गड्डी गन्न पाउन सक्छ भने मेरो पनि कुनै दिन, दिन खुल्यो भने रिनमुक्त भएर धनयुक्त बन्न सक्छु । अर्को यो पनि सम्भावना छ कि कुनै दिन कुनै छिमेकी आएर ‘मदनजी, केही करोड रुपियाँ तपाईंको बैंक खातामा राखिदिनुपर्‍यो । किनकि मेरो घरमा सिआईबीले छापा मार्ला जस्तो छ । पछि १० प्रतिशत तपाईंको भागमा’ भन्न सक्छन् । किनकि मेरा छिमेकीहरू सत्ताधारी राजनीतिक पहुँचका मान्छे पो हुन् त ! एयरपोर्टमा चिन्दै नचिनेको मान्छेको खल्तीमा पचास पचास ग्राम सुन सित्तैमा हालिदिने सामान्य कुरा भएको देशमा कसैले खातामा पैसा हालिदिने कुरा असम्भव पनि त छैन ।  तर यो सम्झेरै यो चैतको गर्मीमा पनि मलाई काँप छुट्छ । अनि मनमा के के फुर्छ फुर्छ । सोच्छु, बेइमानीको कुनै रुपियाँभन्दा त इमानदारीको खाली हात नै प्यारो छ । जीवनरूपी यो सफा कागजलाई केका लागि कलंकित बनाउनु र ? जीवनको उत्तरार्धमा नर्क किन पो धाउनु र ?  त्यसैले यो बैंक खाता बन्दै गरिदिम् न त भनेर बैंक गाको त धन्नै बेहोस भाको । यो ल्याउनुस् र त्यो ल्याउनुस् भन्छन् । खोल्न सजिलो, चलाउन गाह्रो, बन्द गर्न त महा गाह्रो पो रहेछ । नेपालमा उद्योगधन्दा खोल्न सजिलो, बन्द गर्न महाभारत भन्ने सुनेको थिएँ । त्योभन्दा गाह्रो त बैंक खाता बन्द गर्न पो रहेछ । अझ बैंकको कुनै सेवा चाहिएन भनेर बन्द गर्न जानुस् त अनि देख्नुहुन्छ बाउको बिहे । अहिलेको जमानामा बैंक खाता नभै पनि नहुने, खाता भएर पनि खातामा राम्रै पैसा नभै नहुने । पैसा भने कमाउनै नसकिने । हैन, यो पैसा भन्ने चिज यस्तै हो कि मलाई मात्र यस्तो हँ ? यो पैसाले गर्नु गर्‍यो नि !

बेलायत पढ्न यी नीतिगत परिवर्तन थाहा पाएकै राम्रो

अब विद्यार्थी भिसामा बेलायत आउने विद्यार्थी पढ्नैका लागि आउनु उत्तम हुन्छ। खर्च घरबाटै ल्याउन नसक्ने विद्यार्थीलाई अब सजिलो छैन। कमाउने विकल्प अब साँघुरा र लगभग असम्भव भएका छन्। बरु राम्रोसँग पढिसकेपछि राम्रैसँग कमाउने सुविधा हुन्छ।

पढ्न बेलायत आउनुअघि यी नीतिगत परिवर्तन थाहा पाएकै राम्रो

अब विद्यार्थी भिसामा बेलायत आउने विद्यार्थी पढ्नैका लागि आउनु उत्तम हुन्छ। खर्च घरबाटै ल्याउन नसक्ने विद्यार्थीलाई अब सजिलो छैन। कमाउने विकल्प अब साँघुरा र लगभग असम्भव भएका छन्। बरु राम्रोसँग पढिसकेपछि राम्रैसँग कमाउने सुविधा हुन्छ।

आगामी वर्षको बजेट : कति यथार्थ, कति झुट ?

आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक बजेट जेठ १५ गते संसद्मा पेश भयो । ५४ वर्षपछि पहिलोपटक लक्षित राजस्व उठ्ती लक्ष्यको ६० प्रतिशत मात्रै भएको अहिलेको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ सक्दैन ? मुलुक आर्थिक अराजकता, कुशासन र भ्रष्टाचारबाट मुक्त हुन र बढ्दो चालू खर्चलाई निर्ममतापूर्वक नियन्त्रण गरी विकास खर्च बढाउन यो बजेटले सक्छ सक्दैन ? सबैको प्रतीक्षाको विषय थियो ।  यो बजेटले सरकारको चालू खर्च घटाउन २० ओटा सरकारी कार्यालय बन्द वा आपसमा गाभ्ने कुरा गरेको छ । नयाँ घर नबनाउने र नयाँ गाडी नकिन्ने भनेको छ । मुलुकमा सञ्चालित ठूला पूर्वाधारका प्रोजेक्टमा स्वदेशी सिमेन्ट र स्वदेशी छडको प्रयोग गर्ने, त्यस्ता प्रोजेक्टको लागि विदेशबाट आउने छड र सिमेन्टमा भन्सार लगाउने भनेको छ ।  देशमा बन्ने सडकहरूमा छड र सिमेन्ट प्रयोग गर्ने भनेको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग भएको सम्झौताअनुसार १ अर्ब रुपैयाँ अनुसन्धानमा छुट्ट्याएको छ । सरकारी खरीद तथा कर प्रशासनलाई पारदर्शी बनाउन इ–बिडिङका माध्यम अपनाउने भनेको छ । यी सकारात्मक पक्ष भएर पनि बजेट वास्तविक छैन । अनुमानित १७ खर्ब ५१ अर्बको बजेट आएको छ । त्यसमा करीब १२ खर्ब राजस्वबाट, २ खर्ब ५० अर्ब वैदेशिक ऋण तथा सहयोगबाट र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने भनेको छ । यस वर्ष जम्मा ९ खर्ब ५० अर्ब आन्तरिक राजस्व उठ्ने अनुमानमा आगामी वर्ष १२ खर्बभन्दा माथि आन्तरिक राजस्वबाट उठ्छ भन्ने तर्क जायज छैन ।  वैदेशिक सहायता यस वर्ष ८, ९ अर्ब प्राप्त भएकोमा आगामी वर्ष ५० अर्ब उठ्छ भन्ने कुनै आधार छैन । वैदेशिक ऋण पनि आजसम्म कहिल्यै पनि लक्ष्यको ५० प्रतिशतसम्म पनि प्राप्त भएको छैन । त्यसैले सरकारको प्रक्षेपण सही छैन ।  सरकारले करीब ३ खर्ब आन्तरिक ऋण उठाउने भनेको छ । यति ठूलो रकम बैंकहरूबाट महँगो ब्याजमा सरकारले नै लिँदा बजारमा लगानीयोग्य पूँजी रहने छैन । उद्योग व्यवसायका लागि पूँजीको कमी हुनेछ । साधारण खर्च र ऋणको सावाँ ब्याजमा करीब १४ खर्ब ५० अर्ब खर्च गर्ने अनुमान छ । यो खर्च सरकारले चाहेर पनि घट्ने छैन । यस वर्ष जम्मा १५ खर्ब बजेट भएको अवस्थामा आगामी वर्ष आन्तरिक राजस्व, वैदेशिक ऋण सहयोग र आन्तरिक ऋणबाट जति गरे पनि १४/१५ खर्बभन्दा बढी प्राप्त हुने छैन । आगामी वर्ष विकास बजेटका लागि सरकारले रकम उपलब्ध गराउन सक्ने छैन ।  सरकारले चालू खर्च घटाउनुपर्थ्यो । ज्येष्ठ नागरिक भत्ता न्यून आय भएका ज्येष्ठ नागरिकलाई मात्र दिनुपर्थ्यो । भ्रष्टाचार नियन्त्रण गरी खर्च घटाउनुपर्थ्यो । र, विकास बजेट ठोस तथा उपलब्धिपूर्ण आयोजनामा लगानी गरी प्रतिफल प्राप्त गर्नुपर्थ्यो । सरकारले बजेट ल्याउनुपूर्व अघिल्लो वर्षको बजेटको कठोर समीक्षा गर्नुपर्थ्यो ।  संसारमा एउटा प्रचलन बढिरहेको छ, उद्योगी व्यवसायीसँग विना झन्झट सजिलो प्रक्रियाबाट कर लिने र उद्योग व्यवसाय गर्न पूर्ण छूट दिने । कर तिर्न लामो प्रक्रिया नहोस्, सरकारी नियम कानून सरल र बढी अड्डा अदालत धाउनु नपरोस् । तर, सरकार यस वर्ष पनि त्यतातर्फ चुक्यो । अनेकौं नयाँ नियम लगाइएको छ । कर मूल्यांकन गर्न वर्षौं लाग्ने प्रक्रिया छ । ससाना व्यवसायले पनि छुट्टै हिसाब राख्नुपर्ने व्यवस्था गरिएको छ जुन व्यावहारिक छैन ।  बजेट राजस्वमुखी मात्रै भयो । यसले जनतालाई प्रत्यक्ष असर पर्ने, महँगी बढ्ने, ससाना कुरामा पनि कर लगाएको र आयकरको सीमा ३९ प्रतिशतसम्म पुर्‍याएकाले नेपाल सबैभन्दा बढी कर लगाउने मुलुकतर्फ देश गयो । बजारलाई चलायमान बनाउन सरकारले कुनै नीति ल्याएन । बैंकमा खाता खोल्दा नागरिकतासहित प्यान र राष्ट्रिय परिचयपत्र अनिवार्य गर्‍यो । अब ठूलो संख्यामा नागरिक बैंकमा खाता खोल्न जाने छैनन् र बैंकमा पैसा जम्मा हुने छैन । अधिकांश पैसा घरको सन्दुकमा नै रहनेछ । सरकारले औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुमा १ तह भन्सार दर फरक गर्ने घोषणा गरे पनि व्यवहारमा कतिपय वस्तुमा त्यस्तो गरेको छैन र उद्योग व्यवसायलाई प्रतिकूल प्रभाव पर्ने गरी औद्योगिक कच्चा पदार्थमा भंसार महशुल बढाएको छ ।  भ्रष्टाचारको मूल जड संसदीय विकास कोषलाई पुनर्जीवित गरी सरकारले भ्रष्टाचार, कुशासनलाई बढावा दियो । बजेटले ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । जो असम्भव छ । यस वर्ष २ प्रतिशत वृद्धि भएको अर्थतन्त्र जादूको छडी चलाएमात्रै यो सम्भव छ । चुरे दोहनबाट ढुङ्गागिट्टी निर्यात गरी कुल जनसंख्याको आधा बसोवास भएको तराई क्षेत्रलाई मरुभूमीकरण गरेपछि यो देश कस्तो हुनेछ ? सबैभन्दा महत्त्वपूर्ण कुरा केही सत्तासीन स्वार्थी तत्त्व र माफियाबाहेक सम्पूर्ण नेपालीको विरोध रहने यो नीति सरकारले किन ल्यायो ? कतै सरकारभन्दा माफिया बलिया भएका त होइनन् ? समग्रमा यो बजेट जनमुखी छैन, उद्योगमैत्री छैन, व्यवसायमैत्री छैन । यसले महँगी बढाउँछ । राजस्वको अधिकांश रकम चालू खर्चमा खर्चिनेछ । विकास कार्य सुस्त हुनेछ र मुलुकलाई आर्थिक अराजकतातर्फ लैजानेछ । र, यसको परिणाम भयावह हुनेछ ।  गौतम वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन् ।

'सजिलो काम गर्न जन्मेको होइन, म अप्ठ्यारो र असम्भव लाग्ने काम गर्न जन्मेको हुँ'

काठमाडौँ- प्रदेश १ मा १ सय ३७ वटा स्थानीय तह छन् । एक महानगरपालिका, दुई उपमहानगरपालिकासहित १ सय ३७ वटा स्थानीय तह छन् । अहिले दुई उपमहानगर मध्ये एक उपमहानगर सबैभन्दा चर्चित बनेको छ । सबैभन्दा बढी चर्चित स्थानीय तह मध्ये धरान उपमहानगरपालिकालाई लिइन्छ । धरान यस अर्थमा पनि जहिले चर्चाको केन्द्रमा छ । किनभने धरानलाई पछिल्लो ...

एक साहसी पर्वतारोहीको कथा

नेपाली पर्वतारोही निर्मल पुर्जाको जीवनीमा आधारित वृत्तचित्र ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ले अहिले राम्रो चर्चा बटुलिरहेको छ । पुर्जाले सात महिनाभित्रै संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल कसरी चढ्नुभयो भन्ने कुरा वृत्तचित्रमा देखाइएको छ । उहाँको महत्त्वाकाङ्क्षी सात महिने योजनालाई पछ्याउँदै अमेरिकी र बेलायती चलचित्र निर्माताद्वारा यो वृत्तचित्र बनाइएको हो । पुर्जा असम्भव भन्ने कुरा केही नभएको धारणा राख्नुहुन्छ तर यसका लागि सामूहिक कार्य, लगनशीलता, समर्पण हुनुपर्ने भन्दै राष्ट्रिय गौरवको भावनाले बाँधिएमा लक्ष्यमा पुग्न अझ सजिलो हुनेमा जोड दिनुहुन्छ । आरोहणका लागि रकम जुटाउने क्रममा पुर्जालाई असम्भव काम गर्न लागेको भन्दै सबैले खिल्ली उडाउँथे । यही चोटले गर्दा आफ्नो पर्वतारोहण अभियानलाई उहाँले ‘प्रो

सुरु हुनासाथ किन लडखडाउँछ व्यवसाय, यस्ता छन् तीन कारण

धेरैको सपना हुन्छ, व्यवसायी बन्नु, कम्पनी चलाउनु वा आफ्नै ब्रान्ड बनाउनु। असम्भव छैन, तर सजिलो पनि छैन। पर्याप्त स्रोत साधन छैन भने योजना बनाएर मात्र पनि हुँदैन, र राम्रो योजना छैन भने स्रोत साधन भएर मात्र पनि हुँदैन। यी दुवैको तालमेलमा व्यवसायको सफलता निर्भर रहन्छ। विश्वप्रसिद्ध पत्रिका 'फोर्ब्स' भन्छ, साना व्यवसाय...

को वामपन्थी, को दक्षिणपन्थी ?

२१ औँ शताब्दीको विश्वमा विगतका प्रचलित मान्यताअनुरूप कुनै पनि पार्टीको ‘जात’ छुट्याउन गाह्रो हुन्छ । यहाँ जात भन्नाले वैचारिक पहिचानलाई भन्न खोजिएको हो । यो समस्या विश्वव्यापी भए पनि नेपालमा गहिरोरूपमा कुन पार्टी वामपन्थी हो र कुन पार्टी दक्षिणपन्थी हो भनी ठ्याक्कै भन्न सजिलो छैन । अझ गठबन्धन संस्कृतिमा त पश्चिमा विचारकहरूले निर्माण गरेको ‘धार र वाद’बाट नेपाल जस्तो देशमा दलहरूको चरित्र चित्रण गर्न असम्भव नै छ । नेपाल अहिले त्यही अवस्थामा छ।