नेकपा एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औं राष्ट्रिय महाधिवेशनको अवसरमा चितवनमा ‘मानव सागर’ उतार्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाले बिहीवार महाधिवेशन आयोजनास्थल नारायणी नदी किनारमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भव्यतापूर्वक महाधिवेशन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।
‘महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारीको काम सम्पन्न भएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ,’ भट्टराईले भने । ...