नेपाली फुटबलका लागि वर्ष २०७८ खुसीमय वर्ष भयो । २०७८ सालमा नेपाली फुटबलले ठूलो उपलब्धि हात पार्न सफल भयो । नेपाली टोली यसअघि सफल च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सकेको थिएन । नेपाली फुटबलका लागि साफ च्याम्पिनयसिप फुटबलको उपाधि जित्ने मुख्य चुनौती बनिरहेको समयमा अहिले फुटबल टोली उपाधि दाबेदारको रूपमा प्रस्तुत भयो । फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली उपाधि जित्नबाट भने वञ्चित भयो । फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पियो । नेपाली टोलीलाई ऐतिहासिक सफलतामा पुगाउने श्रेय पा