आचारसंहिताको दफा ५ मा ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीहरूले पालना गर्नुपर्ने’ व्यवस्थाको उपदफा ‘क’ मा ‘कुनै राजनीतिक दल वा दलका उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने’ भनेर व्यवस्था गरिएको छ ।