अहिले बैंक तथा वित्तीय संस्थाले लिने कर्जाको ब्याजदरबारे ऋणी तथा व्यवसायीले विरोध गरिरहेको अवस्था छ । सरसर्ती हेर्दा सबै व्यवसाय ऋणात्मक अवस्थामा देखिएका छन् । बैंकको व्यवसाय मात्र मुनाफामा गएकोजस्तो देखिन्छ । करिब...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले १ प्रतिशत ब्याजदरमा मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको छ । कम्पनीले १ प्रतिशत ब्याजदरमा १२५ सिसीको होन्डा साइन मोटरसाइकल बिक्री गर्ने योजना...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागु गर्नुपर्ने बताएका छन् । ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताए । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा शुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र […]
ब्याजदरमा हस्तक्षेप गर्न नमिल्ने सुझावसहित अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरी सुझाव दिन गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री शर्मालाई अध्ययन प्रतिवेदन बुझाउँदै ब्याजदर बजारले निर्धारण गर्ने भएकाले सरकारले हस्तक्षेप गरेर ब्याजदर घटाउन वा बढाउन नसकिने सुझाव दिएको हो ।बैंक तथा वित्तीय संस्थाले असोजमा बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १५.३ […]
सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने संकेत गरेको हो । गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा बोल्दै अर्थमन्त्री जनार्दन...
काठमाडौँ । सरकारले सर्वसाधारणलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ । अधिकतम ८ प्रतिशत ब्याजदरमा विशेष गरी किसानलाई ऋण उपलब्ध गराउने भएको हो । सरकारले लघुवित्त कोषमार्फत सस्तो व्याजदरमा ऋण प्रवाह गर्नेछ । यसका लागि कार्यविधिको मस्यौदा बनेको छ । मस्यौदामा अर्थ मन्त्रालयले छलफल गरिरहेको छ । मस्यौदा मन्त्रिपरिषदमा पेस गर्ने गरी छलफल […]
१३ भदौ, काठमाडौं । विपन्न किसान र श्रमिकले उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा सरकारबाट सहुलियत ऋण पाउने भएका छन् । सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर विपन्न किसान तथा मजदुरलाई एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको छ । अर्थ मन्त्रालयले तयार पारेको राष्ट्रिय लघुवित्त कोष सञ्चालन कार्यविधिमा ५ खर्ब रुपैयाँको […]
विराटनगर– नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले मनपरी ब्याज लिने गरेकाले उद्योगी मारमा परेका जनाएको छ। परिसंघले बैंकको ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अत्यधिक र असमान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप लगाएको छ। अत्यन्तै गैरजिम्मेवारी तरिकाबाट बैंकहरूले निक्षेप ब्याजदर बृद्धि गरेको उद्योग परिसंघ प्रदेश १ का […]
८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदरमा आफूहरुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । राष्ट्र बैंकको निर्देशनपछि अहिले २४ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर १०.०७ तोकेका छन् । ब्याजदरमा भइरहेको उतारचढावलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले अघिल्लो महिनाको प्रकाशित सबै बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतमात्रै घटबढ गर्न निर्देशन दिइको थियो […]
प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा उपलब्ध हुने भएको छ । प्रोटोन गाडीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यो योजना ल्याएको हो ।
काठमाडौं, कात्तिक ३ । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै शेयर बजारमा केही राहत मिलेको विश्लेषण गरिएको छ । पछिल्ला दिन निरन्तरजसो उच्च अंकको गिरावट आउँदै गरेको शेयर बजारमा बुधबार भने ६० अंकको वृद्धि भएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ६० अंकले उकालो लागेर २५ सय ७१ पुगेर थामियो । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै बजारमा […]