आहुति पुस्तक 'जात वार्ता'मा लेख्छन्,'अन्तरजातीय प्रेम र विवाह जात व्यवस्थाका विरुद्ध स्वभावैले विद्रोह हो’ । कसरी ? जात व्यवस्थामा आधारित समाजले फरक-फरक जातका विपरितलिङ्गी महिला वा पुरुषबीचको रक्तसम्बन्धलाई सबैभन्दा बढी वर्जित गर्छ । जात व्यवस्थाको सांस्कृतिक मूल्यमध्येको सबैभन्दा केन्द्रभागमा रहेको विषय नै रक्तपवित्रताको अवधारणा हो, जसलाई अन्तरजातीय प्रेम वा विवाहले ठाडै उल्लङ्घन गर्छ ।