अमेरिकाले पत्रकार जमाल खशोग्गी हत्या प्रकरणमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई कानुन नलाग्ने बताएको छ । साउदी सरकारका आलोचक रहेका जमाल खशोग्गीको टर्कीको राजधानी इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा अक्टोबर २०१८ मा हत्या भएको थियो ।अमेरिकी गुप्तचर एजेन्सीहरूले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले जमाल खशोग्गीको हत्याको आदेश दिएको दाबी गरेका छन् । तर अदालतमा अमेरिकी विदेश मन्त्रालयले मोहम्मद बिन सलमानको प्रधानमन्त्रीको रुपमा नयाँ भूमिकाका कारण उनलाई कानुनी संरक्षण रहेको जवाफ दिएको छ