कांग्रेस महाधिवेशनः प्रतिनिधिमा नवलपरासीबाट संस्थापन कमजोर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनोटमा संस्थापन पक्ष कमजोर देखिएको छ । इतर गुटले बहुमत प्रतिनिधि जितेको छ ।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः गण्डकीमा देउवा समुहको अधिकांश निर्वाचित

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गण्डकी प्रदेशमा संस्थापन पक्ष बलियो देखिएको छ । शेरबहादुर देउवा समुहका धेरै उम्मेदवारहरु निर्वाचित भएका हुन् । डा.शेखर कोइराला पक्षका कांग्रेस पदाधिकारीमा उपसभापतिमा धनराज गुरुङ र सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेस गण्डकी प्रदेश खुल्ला केन्द्रीय सदस्यमा २३०६ मत […]

कांग्रेस महाधिवेशनः देउवाले गरे मतदान [तस्वीरहरू]

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत देउवाले सोमवार राष्ट्रिय सभागृहमा पुगेर मतदान गरेका हुन् ।  २९ वटा मतपत्रमा मतदान गर्न एकजनालाई झण्डै एक घण्टासम्म लाग्ने बताइएको छ । देउवाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन इतरबाट डा। शेखर कोइरालाले पनि प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

कांग्रेस महाधिवेशनः जो गुट फेरिरहन्छन्

काठमाडौ, मंसिर १९ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए। देउवा सभापतिमा निर्वाचित भए तर केसी महामन्त्रीमा पराजित भए। त्यसपछिको केही समय देउवा गुटमै रमाएका केसीले उक्त समूह छाडे। देउवा गुटबाट बाहिरिएपछि केसी पार्टीभित्र रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूह वा १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको […]

कांग्रेस महाधिवेशनः ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान

काठमाडौं, मंसिर १७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो । कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो […]

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न दबाब बढ्दै गएको छ। महाधिवेशनबाट पार्टी नेतृत्वमा टिक्न र पुग्न संस्थापन र इतर दुवै पक्षलाई आआफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउनुपर्ने दबाब परेको हो। सभापतिमा संस्थापन र इतर दुवै […]

कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोक प्रदेशमा पनि संस्थापन पक्षकै अग्रता

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत मंगलबार बेलुकी सम्पन्न सिन्धुपाल्चोकको प्रदेश तहको अधिवेशनमा पनि संस्थापन पक्षकै बर्चश्व देखिएको छ । संस्थापन (देउवा) पक्ष र रामचन्द्र पक्षबीच चारै प्रदेशमा प्यानल खडा गरेर नेताहरु चुनावी मैदानमा उत्रिएका थिए । सिन्धुपाल्चोकको दुई निर्वाचन क्षेत्रमा चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । चारवटै क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ । […]

कांग्रेस महाधिवेशनः सुर्खेतका दुवै क्षेत्रमा संस्थापन पक्ष हावी

वीरेन्द्रनगर– नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत सुर्खेतमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ। क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी भएका छन्। सचिवमा संस्थापन समूहका मोहन राना र पदमबहादुर खत्री विजयी भए। सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी र यामलाल पङ्गाली विजयी भएका छन्। यस्तै महाधिवेशन प्रतिनिधिमा महामन्त्री पूर्णबहादुर […]

कांग्रेस महाधिवेशनः १० जिल्लाको परिणाम आउँदा पौडेल समूह बलियो

काठमाडौँ – हिमाली जिल्लाहरुको अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन इतर समूह बलियो देखिएको छ। १४औँ महाधिवेशन अन्तरगत दसैँ अघि हिमाली क्षेत्रका २१ जिल्लामा अधिवेशन भइरहेको छ। २१ मध्ये परिणाम आएका १० जिल्ला मध्ये ६ जिल्लाको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले हात पारेको छ भने चार जिल्लाको सभापति संस्थापन पक्षले पाएको छ। संस्थापन इतर समूहबाट मुस्ताङमा […]

नेपाली कांग्रेस महाधिवेशनः सकसमा पौडेल समूह, सभापतिका साझा उम्मेदवार छान्नै कठीन

संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक पटक आफै उम्मेदवार बन्ने भन्दै सघाउनका लागि आफूपक्षका नेताहरुसँग आग्रह गरिरहनुभएको छ ।