त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा समितिको निर्देशन

बीमा समितिले जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर संचालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीहरुका परिपालन अधिकृतहरुलाई निर्देशन दिएका छन्।निर्देशक लालले बीमा कम्पनीहरुका परिपालन प्रतिवेदनमा एकरुपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरु देखिएको उल्लेख गर्दै तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने बताए ।उनले बीमा कम्पनीका काम कारवाही लगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी कमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धमा र उपनिर्देशक (कानून) हृदयश्वर पण्डितले AML/CFT सम्बन्धमा प्रस्तुती गरेका थिए ।कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानून) शाम्भराज लामिछाने, सहायक निर्देशक (कानून) सविता थापा  तथा सहायक निर्देशक (कानून) मौनता धौबन्जार र जीवन बीमा कम्पनीहरुका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

१६ बीमा कम्पनीलाई बीमा समितिको निर्देशन- वित्तीय विवरण सात दिनभित्र पेस गर्नू

बीमा समितिले गत आर्थिक वर्षको वित्तीय विवरण सात दिनभित्र पेस गर्न जीवन बीमा कम्‍पनीहरूलाई निर्देशन दिएको छ ।

सहज र सरल रूपमा स्वास्थ्य बीमा भुक्तानी दिन संसदीय समितिको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका विषयमा धेरै समस्या देखिएको भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जाँदा धेरै […]

तोकिएको समयमा प्रतिवेदन पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौँ- बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समितिको कार्यालय ललितपुरको कुपण्डोलमा आयोजित कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र सम्पत्ति शुद्धीकरण एवम् […]

जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न बीमा समितिको निर्देशन

पुस २९, काठमाडौं । नियामक निकाय बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ ।  अर्को व्यवस्था नहुँदासम्म जीवन बीमा कम्पनीहरुलाई बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि बाहेक नगद लाभांश नगर्न अनरोध गरेको हो ।  बीमा समितिका अनुसार बीमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुनजेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।  यसअघि निर्जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरणमा रोक लगाइसकेको छ ।

स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

सुर्खेत, मंसिर १३ । बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ । समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन […]

स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ ।समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । समितिले ऐनको कुनै दफा तथा निर्देशिकामा आधारित नभएर सामान्य पत्र लेखेर बीमा कम्पनीहरूलाई स्वदेशमा नै पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको हो,

स्वदेशी पुनर्बिमा कम्पनीलाई एकाधिकार दिने गरी बीमा समितिको निर्देशन

९ मंसिर, काठमाडौं । बिमा कम्पनीहरुले गर्ने पुनर्बिमामा नियामक निकाय बिमा समितिले प्रत्यक्ष हस्तक्षेप गर्दै नयाँ निर्देशन दिएको छ । समितिले नेपाल पुनर्बिमा र सञ्चालनमा आउने तयारीमा रहेको हिमालयन रि इन्स्यारेन्समा मात्रै पुनर्बिमा गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो । बिमा कम्पनीहरुले आफ्ना ग्राहकको बिमा गरेका हुन्छन् । त्यसमा सबै जोखिम आफैं नबोकेर बिमा कम्पनीहरुले […]

सुरक्षा सतर्कता अपनाएर सेवा दिन बीमा कम्पनीहरुलाई समितिको निर्देशन

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बीमा कम्पनीहरुलाई नियामक बीमा समितिले सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न निर्देशन दिएको छ।