काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झन्डै ३६ अङ्कले घटेको छ । कारोबार भएका सबैजसो समूहको शेयर ओरालो लागेपछि नेप्से ३५ दशमलव ८९ अङ्कले घटेर २६ सय ९९ दशमलव ५१ विन्दुमा झरेको छ ।
आइतवार बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, व्यापारको एक सय २५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अङ्कले, जलविद्युतको ३२, फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको एक सय ११, निर्जीवन बीमाको एक सय ८३, उत्पादनको ६७ र अन्य समूहको शेयर २१ अङ्कले घटेको छ ।
आइतवार दुई सय सात कम्...