वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको विश्व स्वास्थ्य संगठनको अनुमान

काठमाडौं । वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त समाचारमा जनाइएको छ । चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन । हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए । एजेन्सी

सम्बन्धित सामग्री

‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौ, चैत २४ । आज विश्व स्वास्थ्य दिवस सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो […]

अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ।

स्वास्थ्य राज्यमन्त्री र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयो

मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप- विश्व स्वास्थ्य सञ्जाल

विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स  विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।

विश्व स्वास्थ्य संगठन स्थापना भएको त्यो दिन

आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो । हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो । सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लाग

असमान विश्व र सकारात्मक मानसिक स्वास्थ्य

विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्य महासंघको अगुवाइमा सन् १९९२ देखि मनाउँदै आइएको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२१ ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने मूल नाराका साथ मनाउने निर्णय गरिएको छ। मानसिक स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको मूल प्रवाहमा ल्याई सम्बन्धित निकायमा पैरवी र जनचेतना अभिवृद्धि गर्न यो दिवस मनाउँदै आइएको […]

अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरूलाई आग्रह गरेको छ ।   विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।   यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरूलाई आग्रह गरिएको हो ।   यो खोप लगाएका व्यक्तिमा रगत जम्न...

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

वासिङटन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहयोग गर्ने भएको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन् । उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य सङ्गठनलाई दिने भएको जानकारी बुधबार दिएका छन् । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को एक बैठकमा उनले सो कुरा बताएका हुन् । बुधबार उनले भनेका छन्– अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोडजति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो । विश्व स्वास्थ्य सङ्गठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको सहयोगमा सुरुमा कटौती गरेका थिए थियो र पछि सहयोगको पूरै रकम रोकेका थिए । विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्वअन्तर्गत नै हामीले विश्व स्वास्थ्य सङ्गठनलाई यो रकम उपलब्ध गराउन लागेको हो बताए। हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य सङ्गठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोहीअनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए । गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो सङ्गठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए ।यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिकाभित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो । पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए । जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उनले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए । (रासस/सिन्ह्वा)