घरजग्गामा 'दलाल राज', ६ करोडको जग्गा बेच्दा १ करोड कमिशन !

माघ २६, काठमाडौं । कीर्तिपुरकी रमा नेपाल (नाम परिवर्तन) ले महिनौ लामो धपेडी पछि हालसालै मात्र जग्गा बेच्न सफल भइन् । जग्गा विक्री भएको खुसी साँट्न नपाउँदै उनलाई तनाव दिने अर्को कुरा अगाडी आयो । उनी छाँगा बाट खसे जस्तै भइन् ।  समयमै जग्गा विक्री नहुँदा जति तनाव भएको थियो, त्यो भन्दा बढी तनाव त्यतिबेला भयो, जब उनले कमिसन वापत १५ प्रतिशत रकम जग्गा व्यवसायीलाई तिर्नु पर्यो । कलंकीका बिजय थापा (नाम परिवर्तन) ले पनि ५/६ महिना अघि जग्गा किनेका थिए । प्रतिआना २५ लाख रुपैयाँ हालेर उनले किनेको जग्गामा जग्गा व्यवसायीले प्रति आना पाँच लाख रुपैयाँ आफूलाई राखेर मूल्य गरेका रहेछन् ।  यी दुई पात्र जग्गा किनबेच गर्दा ठगिएका प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय काठमाडौंमा जग्गा किन्न होस या बेच्न जग्गा व्यवसायीहरुले मनमौजी मूल्य तोक्ने र कमिशन लिने गरेको खरीदविक्री कर्ताहरुको दुखेसो छ । शिक्षक देखि नेता सम्म र ज्यामी देखि ठेकेदार सम्मै जग्गा व्यवसायी जग्गाको किनबेच बढी हुने उपत्यकाका काठ क्षेत्रमा जग्गा दलालीसँग नजोडिएका स्थानीय विरलै भेटिन्छन् । स्थानीय स्तरमा मजदूरी गर्ने ज्यामी देखि ठेकेदार सम्म र शिक्षक देखि नेता सम्मको वैकल्पिक धन्दानै जग्गा दलाली रहेको स्थानीयहरु बताउँछन् । सानो चिया पसल चलाउने देखि मोटरसाइकल सर्भिसिङको काम गर्नेहरूको वैकल्पिक आम्दानीको स्रोत नै जग्गा दलाली रहेको पाइन्छ । कति सम्म भने फोहोर संकलन गर्ने देखि ढल मर्मत गर्नेहरू पनि कतै न कतै जग्गा दलालीमा जोडिएको जग्गा खरीदविक्री गरेकाहरुको अनुभव छ । जग्गा देखाएकै ५० हजार कमिशन ! कम्तिमा ३ तहमा दलाली  तपाईं जग्गा किन्ने मान्छे हो र सोझै जग्गा धनीलाई भेटेर जग्गा किन्छु भनेर डुल्न जानु भयो भने सबैभन्दा पहिला ठोकिने तिनै चिया पसल लगायतका व्यवसायीहरूसँगै हो । उनीहरुले बैभन्दा पहिला यो ठाउँमा यो जग्गा विक्रीमा छ भन्दै जग्गा देखाउन लैजान्छन् । त्यसपछि जग्गा मन पर्यो् र थप कुराकानी गर्न चाहनु भयो भने फहिलो तहका जग्गा दलालहरूसँग भेट गराई दिन्छन् । पहिलो तहका जग्गा दलालहरुसँग पनि सकारात्मक कुरा भएपछि उक्त जग्गा बेच्ने जिम्मा लिएका मुख्य जग्गा व्यवसायीहरुसँग भेट हुन्छ । त्यसपछि मात्रै तपाईंको जग्गाको अन्तिम मूल्य तय हुन्छ । तपाईंले केही गरि उक्त जग्गा किन्नु भयो भने चिया पसले देखि तह तहमा भेटिएका दलालहरुलाई कमिशन जोडेर जग्गाको मूल्य तय गरिएको हुन्छ ।  जग्गा देखाउने तल्लो तहको व्यक्तिले ५० हजार रुपैयाँ कमिशन पाउँछ भने माथिल्लो तहका दलालहरुले १ लाख, २ लाख गर्दै कमिशन रकम बढाउँदै लगेका हुन्छन् । जग्गा व्यवसायीको सिन्डिकेटले जग्गाधनी नै पिडित अहिले काठमाडौं उपत्यकाका धेरै जसो ठाउँमा सोझै जग्गा धनीसँग भेटेर जग्गै किन्न सकिन्न । स्थानीय जग्गा व्यवसायीहरुले कुनै पनि जग्गा किनबेच गर्न उनीहरुलाई नै सम्पर्क गर्नुपर्ने वातावरण बनाएका हुन्छन् ।  जस्तो जग्गा धनीलाई आर्थिक समस्या पर्यो  भने सानो तिनो रकम उनीहरुले नै चलाई दिन्छन् । र त्यसलाई पछि बैना रकमको रुपमा गणना गरेर राख्छन् ।  तर ठूलै आर्थिक संकट आएको बेला सस्तो मूल्यमै भएपनि जग्गा बेच्छु भन्न उनीहरुले पाउँदैनन् । जग्गा धनीलाई जति नै ठूलो समस्या परेपनि व्यवसायीहरुले भनेको मूल्य नपाएसम्म उक्त जग्गा विक्री हुँदैन ।  तह तहमा कमिशनको चक्करले आकासिदै जग्गाको भाउ शेयर बजारमा शेयर किनबेच गर्दा निश्चित कमिशन लिने कानूनी व्यवस्था भए जस्तो घरजग्गा किनबेचमा कति कमिशन लिने भन्ने कानूनी व्यवस्था नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशी बताउँछन् । कम्पनी दर्ता गरेर नियम संगत काम गर्ने कम्पनीहरुले ५ प्रतिशत सम्म कमिशन लिने गरेको भए पनि, कम्पनी दर्ता नगरेका व्यक्ति विशेषबाट जग्गा किन्दा भने १५ देखि २० प्रतिशत सम्मै कमिशन तिर्नु परेको जग्गा किनबेच गरेकाहरूको गुनासो छ । यसरि जग्गा व्यवसायीको मनोमानी मूल्य र कमिशन रकमका कारण घरजग्गाको मूल्यले आकाश छोएको घरजग्गा क्षेत्रका जानकारहरु बताउँछन् । ६ करोडको जग्गा बेच्दा १ करोड कमिशन ! रमा नेपालले भरखरै बेचेको ६ करोड रुपैयाँको जग्गाको कमिशन मात्रै १ करोड रुपैयाँ तिर्नुपरेको छ । ६ करोड रुपैयाँमा जग्गा बेचेको भनेपनि आफूले पाँच करोड रुपैयाँ मात्रै पाएको उनको गुनासो छ । त्यस्तै जग्गा किन्नेहरुले पनि त्यतिकै रकम कमिशनमा तिरिरहेका छन् । यसले जग्गाको मूल्य दिन दिनै आकासिदै गएको छ । जग्गा किन्न होस या बेच्न दलालको पञ्जा बाहिरबाट काम गर्न सक्ने स्थिती नै नभएको जग्गाधनीहरूको गुनासो छ ।

सम्बन्धित सामग्री

माघ मसान्तसम्म मेगा म्युचुअल फण्ड–१ ले कमायो १ करोडभन्दा बढी नाफा

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले माघ मसान्तसम्म रू. १ करोड ५ लाखभन्दा बढी नाफा गरेको छ । फण्डले सार्वजनिक गरेको मासिक खुद सम्पत्ति मूल्य सम्वन्धि वित्तीय विवरण अनुसार पुस मसान्तसम्मको तुलनामा नाफामा वृद्धि भएको हो । पुस मसान्तसम्म फण्डले रू. ३३ लाख ३५ हजार मात्र नाफा गरेको थियो ।  माघ महीनामा फण्डको आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । पुस मसान्तसम्म रू. १ करोड २८ लाखभन्दा बढी मात्र आम्दानी गरेको फण्डले माघ मसान्तसम्म रू. २ करोड १५ लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च रकम पनि यो महिना बढेको छ । पुस मसान्तसम्म रू. ९४ लाख ९७ हजार खर्च गरेको फण्डले माघ मसान्तसम्म भने रू. १ करोड १० लाखभन्दा बढी खर्च गरेको हो । फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघ महीनामा बढेर रू. ८ दशमलव ७३ कायम भएको छ । पुस मसान्तसम्म यो मूल्य रू. ८ दशमलव ६७ रहेको थियो । पुस मसान्तसम्म रू. १ अर्ब ८ करोडभन्दा बढी रहेको खुद सम्पत्ति माघ मसान्तसम्म रू. १ अर्ब ९ करोडभन्दा बढी रहेको छ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यसहित सञ्चालित यस फण्डले माघ मसान्तसम्म धितोपत्र दलाल कमिशन, कारोबार शुल्कसमेत धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. १ अर्ब १२ करोड ५० लाखभन्दा बढी छ । फण्डले धितोपत्रमा गरेको लगानीको परलमूल्यको तुलनामा बजारमूल्य भने कम रहेको छ । माघ मसान्तसम्म फण्डको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ९१ कराड ५४ लाखभन्दा बढी रहेको छ । यस अवधिसम्म फण्डले बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्ड २०७८ साल भदौ २३ गतेदेखि सञ्चालनमा रहेको छ । यस फण्ड सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।

चैत महीनामा घट्यो कुमारी इक्वीटी फण्डको नाफा

वैशाख ११, काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डको नाफा चैत महीनामा कम भएको छ ।  आइतवार सार्वजनिक योजनाको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रू. ४ करोड २३ लाखभन्दा बढी नाफा गरेको देखिएको हो । यो नाफा फागुन मसान्तसम्म भने रू. ५ करोड ६१ लाखभन्दा बढी थियो । चैत महीनामा आम्दानी घटेको र खर्च बढी भएकाले योजनाको नाफामा कमी आएको हो ।  फागुन महीनामा रू. ६ करोड ९५ लाखभन्दा बढी आम्दानी गरेको यस योजनाले चैत महीनामा रू. ५ करोड ७४ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । त्यस्तै फागुन महीनामा रू. १ करोड ३४ लाखभन्दा बढी खर्च गरेको योजनाले चैत महीनामा रू. १ करोड ५० लाखभन्दा बढी खर्च गरेको हो । धितोपत्रमा लगानी गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित बन्दमुखी प्रकृतिको यस योजनाले चैत मसान्तसम्म कमिशन सहित धितोपत्रमा लगानी गरेको लागत मूल्य रू. ७७ करोड १२ लाखभन्दा बढी छ ।  योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ५४ करोड ७६ लाखभन्दा बढी मात्र देखिन्छ । धितोपत्र दोस्रो बजार घट्दा योजनाले लगानी गरेको सूचीकृत कम्पनीको धितोपत्र मूल्यमा पनि कमी आएकाले बजारमूल्य कम देखिएको हो । योजनाको बैंक मुद्दती निक्षेपमा भने रू. १५ करोड रहेको छ । फागुन महीनासम्म रू. १ अर्ब ७ करोडभन्दा बढी रहेको खुद सम्पत्ति मूल्य चैत मसान्तसम्म रू. १ अर्ब ६ करोडभन्दा बढी कायम भएको छ । प्रतिइकाई खुद मूल्य फागुन मसान्तसम्म रू. १० दशमलव ७७ रहेकोमा चैत मसान्तसम्म रू. १० दशमलव ६४ मा झरेको छ ।  यस योजनाले १० करोड इकाई जारी गरेको थियो । २०७७ साल चैत ५ गतेदेखि सञ्चालित १० वर्षे अवधिको यस योजना २०८७ साल चैत ४ गते परिपक्व हुनेछ ।

नबिल ब्यालेन्सड् फण्ड–२ ९ करोडभन्दा बढी नोक्सानीमा

चैत १४, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड–२ फागुन मसान्तसम्म रू. ९ करोड ३७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । माघ महीनाको तुलनामा फण्डको नोक्सानी बढेको हो । माघ मसान्तसम्म फण्ड रू. १ करोड ३१ लाखभन्दा बढी नोक्सानीमा रहेको थियो । फागुन महीनामा फण्डको आम्दानी रू. ७ करोड ३३ लाखभन्दा बढी ऋणात्मक हुँदा नोक्सानी बढेको हो । माघ महीनामा यस फण्डले रू. ४९ लाख २२ हजार नाफा गरेको थियो । फागुन मसान्तसम्म फण्डले धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. १ अर्ब २६ करोडभन्दा बढी रहेको छ । फण्डको लगानीको बजारमूल्य भने रू. १ अर्ब ३७ करोडभन्दा बढी रहेको छ । फण्डले धितोपत्रमा गरेको लगानीको लागतमूल्य भन्दा बजारमूल्य भने बढी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्डले ११ करोड २० लाख इकाई जारी गरेको हो । फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य फागुन महीनामा रू. १३ दशमलव २१ रहेको छ । माघ महीनामा यो मूल्य रू. १३ दशमलव ९३ रहेको छ ।

एनआईसी एशिया ब्यालेन्सड् फण्डको धितोपत्रको लागत मूल्यभन्दा बजारमूल्य बढी

चैत १३, काठमाडौं । एनआईसी एशिया ब्यालेन्सड् फण्डको फागुन मसान्तसम्म धितोपत्रमा भएको लगानीको लागत मूल्यभन्दा बजारमूल्य बढी रहेको छ । फण्डले सार्वजनिक गरेको फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार धितोपत्रमा भएको लगानीको बजारमूल्य रू. ९१ करोड ७९ लाख ९५ हजार रहेको छ । फण्डको फागुन मसान्तसम्म धितोपत्रमा भएको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. ५९ करोड ४३ लाख ७० हजार रहेको छ । माघ महीनाको तुलनामा भन्दा फण्डको धितोपत्रको बजारमूल्य घटेको हो । माघ मसान्तसम्म फण्डले लगानी गरेको धितोपत्रको बजारमूल्य रू. ९४ करोड ५७ लाख ६२ हजार थियो । यस अवधिसम्म फण्डको मुद्दती निक्षेपमा रू. ९ करोड लगानी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्डले ७ करोड ५५ लाख इकाई जारी गरेको थियो । माघ महीनामा रू. १४ दशमलव २७ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म रू. १३ दशमलव ९३ मा झरेको छ । माघ महीनामा रू. ३० करोड ८१ लाखभन्दा बढी नाफा गरेको फण्डले फागुन महीनामा भने रू. २८ करोड २६ लाखभन्दा बढी मात्र नाफा गरेको छ । यो महीना फण्डको आम्दानीमा कमी र खर्च बढी भएकाले नाफा घटेको हो । माघ महीनामा रू. ३२ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको फण्डले फागुन महीनामा रू. २९ करोड ६५ लाखभन्दा बढी आम्दानी गरेको छ । त्यस्तै माघ महीनामा रू. १ करोड २३ लाखभन्दा बढी खर्च गरेको फण्डले फागुन महीनामा रू. १ करोड ३९ लाखभन्दा बढी खर्च गरेको छ ।

लक्ष्मी इक्विटी फण्डको धितोपत्रमा भएको लागत मूल्यभन्दा बजारमूल्य बढी

चैत ११, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डको फागुन महीनामा धितोपत्रमा भएको लगानीको लागतमूल्य भन्दा बजारमूल्य बढी कायम भएको छ ।  फण्डले शुक्रवार सार्वजनिक गरको यस अवधिसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार बजारमूल्य रू. १ अर्ब ९ करोडभन्दा बढी कायम भएको हो ।  फण्डले सूचीकृत शेयरमा गरेको लगानीको बजारमूल्य रू. १ अर्ब ३ करोडभन्दा बढी, सार्वजनिक निष्कासनमा रू. १७ लाख ५१ हजारभन्दा बढी र ऋणपत्र तथा बन्डमा रू. ५ करोड ४१ लाखभन्दा बढी कायम भएको हो ।  फागुन मसान्तसम्म योजनाले उल्लेखित धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. ९६ करोड ४८ लाखभन्दा बढी रहेको छ । यस फण्डको धितोपत्रमा भएको लगानीको बजारमूल्य माघ महीनाको तुलनामा पनि बढेको हो । माघ महीनासम्म यो मूल्य रू. १ अर्ब ४ करोडभन्दा बढी थियो । १२ करोड ५० लाख इकाई विक्री गरेको बन्दमुखी प्रकृतिको यस फण्डको फागुन मसान्तसम्म प्रति इकाई खुद मूल्य रू. १२ दशमलव ३५ रहेको छ । यो मूल्य माघ मसान्तसम्म रू. १२ दशमलव ८० रहेको थियो । माघ महिनाको तुलनामा फागुन महीनामा फण्डको प्रति इकाई खुद मूल्यमा भने कमी आएको छ ।  माघ महीनाको तुलनामा फण्डको नाफा पनि फागुन महीनामा घटेको छ । माघ महीनामा रू. २५ करोड ८५ लाखभन्दा बढी नाफा गरेको फण्डले फागुन महीनामा रू. २४ करोड २० लाखभन्दा बढी मात्र नाफा गरेको हो । यो महीना फण्डको आम्दानी रू. २६ करोड ४ लाखभन्दा बढी भएको छ भने खर्च रू. १ करोड ८४ लाखभन्दा बढी छ ।  माघ महीनामा फण्डले रू. ३१ करोड ४७ लाखभन्दा बढी आम्दानी गरेको थियो भने रू. १ करोड ६१ लाखभन्दा बढी खर्च गरेको थियो । माघको तुलनामा फागुन महीनामा योजनाको आम्दानी कम र खर्च बढी भएकाले पनि नाफामा कमी आएको हो ।

कुमारी इक्वीटी फण्डको धितोपत्रमा लगानीको परल मूल्यभन्दा बजारमूल्य कम

चैत १०, काठमाडौं । कुमारी इक्वीटी फण्डले फागुन मसान्तसम्म सूचीकृत तथा सूचीकृत हुन बाँकी धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशन सहित रू. ७६ करोड ४२ लाख ८९ हजार छ ।  धितोपत्रलाई लगानीको प्रमुख क्षेत्र बनाएको यस फण्डको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । फागुन मसान्तसम्म फण्डले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ५६ करोड २८ लाख ४ हजार रहेको छ ।  धितोपत्र बजार घटेसँगै सूचीकृत कम्पनीहरुको मूल्यमा कमी आउँदा यो अवस्था सिर्जन भएको हो । यस अवधिसम्म कुमारी इक्वीटी फण्डले बैंक मुद्दती निक्षेमा रू. १५ करोड लगानी गरेको छ ।  १० करोड इकाई विक्री गरेको १० वर्षे अवधिको यो बन्दमुखी योजनको फागुन मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य रू. १० दशमलव ७७ रहेको छ । माघ मसान्तसम्म यो मूल्य रू. १० दशमलव ९२ रहेको थियो । माघको तुलनामा फागुन महीनामा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा समेत कमी आएको हो । फागुुन मसान्तसम्मको विवरण अनुसार फण्डले रू. ५ करोड ६१ लाख १९ हजार नाफा गरेको छ । माघ महीनामा रू. ७ करोड ९ लाख १० हजार नाफा गरेको फण्डको यो महीना नाफामा पनि कमी आएको हो ।  फण्डले फागुन महीनामा रू. ६ करोड ९५ लाखभन्दा बढी आम्दानी गर्दा रू. १ करोड ३४ लाखभन्दा बढी खर्च गरेको छ । माघ महीनामा रू. ८ करोड २६ लाखभन्दा बढी आम्दानी गरेको फण्डले रू. १ करोड १७ लाखभन्दा बढी खर्च गरेको थियो । यो महीना अघिल्लो महीनाको तुलनामा आम्दानी कम र खर्च बढी भएकाले फण्डको नाफा घटेको हो ।

सनराइज ब्लूचिप फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघमा घट्यो

फागुन १२, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज ब्लूचिप फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य माघ महीनामा घटेको छ । पुस मसान्तसम्म रू. १० दशमलव ३९ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य माघ मसान्तसम्म रू. १० दशमलव १६ मा झरेको हो । बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्य सहित सञ्चालित यस योजनाले माघ मसान्तसम्म गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशन सहित रू. ८० करोड ७२ लाख ७५ हजार छ । योजनाको लगानीको परलमूल्य भन्दा बजार मूल्य कम रहेको छ । माघ मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको मूल्य रू. ७८ करोड ५५ लाख ९० हजार रहेको छ । यस अवधिसम्म योजनाको बैंक मुद्दती निक्षेपमा रू. १८ करोड रहेको छ । पुस मसान्तसम्म रू. ४ करोड १८ लाखभन्दा बढी नाफा गरेको योजनाले माघ मसान्तसम्म रू. १ करोड २६ लाखभन्दा बढी मात्र नाफा गरेको छ । योजनाको आम्दानी पुस मसान्तसम्म रू. ५ करोड ३३ लाख ४८ हजारभन्दा बढी भएकोमा माघ मसान्तसम्म रू. २ करोड ५९ लाख ५० हजारभन्दा बढी रहेको छ । खर्च पुस मसान्तसम्म रू. १ करोड १४ लाख ७० हजार रहेकोमा माघ मसान्तसम्म रू. १ करोड ३२ लाख ६२ हजार भएको छ । पुस मसान्तसम्मको तुलनामा माघ महीनामा आम्दानी घटेको र खर्च बढेकाले योजनाको खुद नाफा घटेको हो ।

एनएमबि हाइब्रिड फण्ड एल–१ माघ मसान्तसम्म साढे ६९ लाख नोक्सानीमा

फागुन १२, काठमाडौं । माघ मसान्तसम्म एनएमबि हाइब्रिड फण्ड एल–१ रू. ६९ लाख ५६ हजार नोक्सानीमा रहेको छ । पुस मसान्तसम्म रू. १ करोड ८२ लाखभन्दा बढी नाफा गरेको योजनाले माघ महीनामा आम्दानी घटेकाले नोक्सानी व्यहोर्नु परेको हो ।  पुस मसान्तसम्म रू. ३ करोड २३ लाखभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म भने रू. ९३ लाख ८२ हजार मात्र आम्दानी गरेको हो । खर्च भने पुस मसान्तसम्म रू. १ करोड ४० लाखभन्दा बढी भएको थियो भने माघ मसान्तसम्म रू. १ करोड ६३ लाखभन्दा बढी भएको छ ।  माघ मसान्तसम्म धितोपत्रमा कमिशन सहित रू. ९१ करोड ९२ लाख ७२ हजार लगानी गरेको योजनाको उक्त लगानीको बजारमूल्य रू. १ अर्ब ११ करोड ८१ लाख ३९ हजार रहेको छ । योजनाको धितोपत्रमा लागत मूल्यभन्दा बजारमूल्य बढी रहेको हो ।  बैक मुद्दती निक्षेपमा भने योजनाले माघ मसान्तसम्म रू. १५ करोड लगानी गरेको छ । बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो ।  माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १४ दशमलव ८२ रहेको छ । पुस मसान्तसम्म यो मूल्य रू. १५ दशमलव शून्य ८ रहेको थियो ।

एनएमबि फिफ्टीको धितोपत्रमा भएको लागत मूल्यभन्दा बजारमूल्य बढी

फागुन १२, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको माघ मसान्तसम्म धितोपत्रमा भएको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ ।  योजनाले सार्वजनिक गरेको माघ मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार माघ मसान्तसम्म योजनाले धितोपत्रमा धितोपत्र दलाल कमिशन सहित रू. १ अर्ब १९ करोड १६ लाख ४१ हजार लगानी गरेको छ । यो लागतको बजार मूल्य भने रू. १ अर्ब ४८ करोड ३३ लाख १४ हजार छ ।  योजनाले बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको छ । बैंक मुद्दती निक्षेप सहित योजनको धितोपत्र तथा अन्य लगानीको मूल्य रू. १ अर्ब ६७ करोड ८ लाख १४ हजार छ । यो मूल्य पुस महीनाको तुलनामा भने घटेको हो । पुस महीनामा योजनको धितोपत्र तथा अन्य लगानीको मूल्य रू. १ अर्ब ७५ करोड ५२ लाख थियो । बन्दुमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १६ दशमलव शून्य ७ छ । पुस मसान्तसम्म यो मूल्य रू. १६ दशमलव ५० रहेको थियो । पुस मसान्तसम्म रू. ६ करोड ७४ लाख १७ हजार नाफा गरेको योजनाले माघ मसान्तसम्म भने रू. १ करोड ३० लाख ९५ हजार नाफा गरेको छ । पुस महिनाकोभन्दा माघ महीनामा जम्मा आम्दानी घटेको र खर्च बढेको कारण योजनाको नाफामा कमी आएको हो । पुस मसान्तसम्म रू. ८ करोड ६५ लाखभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म रू. ३ करोड ५४ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च भने पुस मसान्तसम्म रू. १ करोड ९१ लाखभन्दा बढी मात्र भएकोमा माघ मसान्तसम्म रू. २ करोड २३ लाखभन्दा बढी खर्च भएको छ ।

मेगा म्युचुअल फण्ड–१ को धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य कम

पुस १५, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले मंसिर महीनामा धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. ६२ करोड ९१ लख ३६ हजार रहेको छ ।  योजनाले बिहीवार सार्वजनिक गरेको यस अवधिसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणमा यस्तो देखिएको हो । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ५६ करोड ३६ लाख ३९ हजार मात्र रहेको छ ।  योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम रहेको हो । यो महीना योजनाको बैंक मुद्दती निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ । योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य यो महीना रू. ९ दशमलव ४३ रहेको छ ।  कात्तिक महीनामा योजनाको यो मूल्य रू. १० दशमलव ११ रहेको थियो । यो महीना जम्मा आम्दानी ऋणात्मक हुँदा योजनाले रू. ७ करोड ११ लाख २ हजार नोक्सानी व्यहोरेको छ ।  कात्तिक महीनामा रू. २ करोड ५८ लाख ३३ हजार जम्मा आम्दानी गर्दा योजनाले रू. १ करोड ३९ लाख ९१ हजार नाफा गरेको थियो । मंसिर महीनामा योजनाको खर्च पनि बढी भएको छ । कात्तिक महीनामा रू. १ करोड १८ लाख ४१ हजार खर्च गरेको योजनाले मंसिर महीनामा रू. १ करोड ३५ लाख ३५ हजार खर्च गरेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना यसै वर्षको भदौ २३ गतेदेखि सञ्चालनमा आएको हो । यो योजना २०८८ भदौ २२ गते परिपक्व हुनेछ ।