गाउँले जनजीवन झल्काउने ‘साइँला जी’

रुकुम पूर्व : तिलकबहादुर रोका मगरको प्रस्तुतिमा रहेको ‘साइँला जी’ गीत सार्वजनिक भएको छ। गीतमा तिलकबहादुर र विमला रोका मगरको रहेको छ। गीत तिलकबहादुरले नै रचना गरेका हुन्। भिडियोमा विवश बुढा मगर र विमता घर्ती मगरको अभिनय रहेको छ। भूमे गाउँपालिका वडा नम्बर १ र २ का विभिन्न गाउँका साथै बाग्लुङसँगको सिमाना पातिहाल्ने क्षेत्रको बुकी पाटनमा गीतको दृश्य खिचिएको छ।भिडियोमा गाउँले जनजीवन उतारिएको छ। सडक सञ्जाललले ग्रामीण भेगलाई नछोएको बेला दाङको कोइलाबास, बाँकेको नेपाल

सम्बन्धित सामग्री

कास्कीका घरबासमा पर्यटक खचाखच, 'रैथाने संस्कृति र खानपानले लोभ्यायो'

गण्डकी । कास्कीको घान्द्रुक गाउँमा हिजोआज दैनिक सयौं पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ यहाँका घरबास (होमस्टे) र होटलमा पाहुना भरिभराउ रहेको बताउँछन् । ‘अहिले दैनिक १५ सयदेखि १७ सयसम्म पर्यटक घान्द्रुक आइरहेका छन्, जसमा आन्तरिक पर्यटक नै बढी छन्,’ उनी भन्छन्, ‘घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानीलगायत ठाउँको पदयात्रामा जाने विदेशी पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ ।’ अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ होटल र १८ घरबास छन् । रैथाने संस्कृति, खानपान र पारिवारिक वातावरण रुचाउने पर्यटकको रोजाइमा घरबास पर्ने गरेको छ । सेवा र गुणस्तरअनुसार पाहुनाका लागि घरबासको छुट्टाछुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।  हिमालको काखमा पहाडेशैलीका लहरै घर । ग्रामीण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार घान्द्रुकमा पर्यटक लोभ्याउने वस्तु हुन् । असोज–कात्तिक नेपालको मुख्य पर्यटकीय याम हो । यहीबेला ठूला चाडबाड पर्ने भएकाले मानिस घुम्ने योजना बनाइरहेका हुन्छन् । घान्द्रुकजस्ता छोटो दूरीका गन्तव्यमा पर्यटकीय चहलपहल बढी हुन्छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रूपमा देशविदेशमा परिचित छ ।  बर्सेनि हजारौं पर्यटकले यहाँ पाइला टेक्छन् । यहाँको प्रकृति र संस्कृतिमा रमाउँछन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्द्रुकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक घान्द्रुक आउने गरेको अध्यक्ष गुरुङ बताउँछन् ।   अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रूपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच/छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा जाँदा एक/डेढ घण्टामै त्यहाँ पुग्न सकिन्छ ।  कास्कीकै माछापुच्छ्रे गाउँपालिका–८ स्थित घरबास गाउँ ल्वाङमा पनि दशैंपछि पर्यटकको चहलपहल बाक्लिएको छ । ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङका अनुसार त्यहाँका २६ घरमा घरबास सेवा छ ।  ‘यहाँ बढी आउने आन्तरिक पर्यटक नै हो, अहिले पर्यटकीय याम चलिरहेकाले विदेशी पाहुना पनि आइरहेका छन्,’ उनी भन्छन्, ‘दशैंपछि पर्यटकको आगमन राम्रो छ, घरबासका कोठा खाली राख्नुपर्ने अवस्था छैन ।’ पोखरादेखि नजिकको गन्तव्य भएकाले पनि ल्वाङ गाउँ पर्यटकको सहज पहुँचमा छ । प्रकृति र संस्कृतिमा रमाउनेका लागि सो गाउँ उपयुक्त मानिन्छ । गुजमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गे छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । ससाना गल्ली, गल्छेंडा र तगारा आदि ल्वाङ गाउँका आकर्षण हुन् । ‘ल्वाङको गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पर्यटकलाई लोभ्याउने गरेको छ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।’ विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो । एकै रातमा चार सय जनासम्म पाहुना राख्ने क्षमता घरबासमा छ । कुनै पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ ।  समुद्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशविदेशका अध्येता र अनुसन्धानकर्मीसमेत ल्वाङ पुग्ने गरेका छन् । बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कारसहित रैथाने खानाको स्वाद चखाउने गरिएको घरबास सञ्चालक बताउँछन् । इच्छुक पर्यटकलाई करेसाबारीमा खेती गर्ने र भान्छामा परिकार बनाउने विधि पनि सिकाउने गरिएको उनीहरूको भनाइ छ । निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ । घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँ अन्नपूर्ण आधार शिविर र मर्दी आधार शिविरको पदयात्रामा जाने पर्यटककोसमेत रोजाइमा पर्ने गरेको छ । पर्यटक गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न घरबासलाई रोज्छन् । पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झण्डै चार घण्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भीर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जादेखि खानेपानी, भेंडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।  घान्द्रुक र ल्वाङ गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्छन् । आयोजना प्रमुख डा. रबिन कडरिया ‘एक्याप’भित्रका कैयन स्थानमा घरबास सञ्चालनमा रहेको बताउँछन् । ‘घरबास खुलेपछि विशेष गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको छ, अन्नपूर्ण क्षेत्रको पदयात्रा गर्ने पर्यटकका लागि पनि घरबासले धेरै सहज बनाएको छ,’ उनी भन्छन्, ‘घान्द्रुक, ल्वाङ, सिक्लेस, भुजुङलगायत गाउँमा घरबास सेवा छ ।’ रासस

होमस्टे सञ्चालक भन्छन् : ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौँ’

घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् । घरबासमा गएपछि त विशुद्ध स्थानीय परिकार, अर्गानिक परिकार हुन्छन् भन्ने पाहुनाको […]

होमस्टे सञ्चालक भन्छन् : ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौँ’

काठमाडौँ,५ पुष । घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित् खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् । घरबासमा गएपछि त विशुद्ध स्थानीय परिकार, अर्गानिक परिकार […]

‘बुलाकी’ ले तय गर्‍यो रिलिज

काठमाडौँ- फिल्म ‘बुलाकी’ कार्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले रिलिज तय गर्दै पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मकी लिड कास्ट सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट फिचर्ड छन् । गाउँले लुक्समा तीनै पात्र कर्णालीको सेटअपमा छन् । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको […]

अनि हाम्रो जिन्दगीमा इन्टरनेट, स्मार्ट फोन र सोसल मिडिया आयो

कोभिड कालमा सहरहरूमा सिनेमा हल बन्द भए । नाट्य रंगमञ्चहरू बन्द भए । कला प्रदर्शनी कक्षहरू बन्द भए । दोहोरी साँझ र क्लबहरू बन्द भए । गाउँघरमा पनि रोदीहरू, मेलापात, हाटहटिया, रामरमिताहरू त कोभिडअघि नै पनि बन्दप्रायः थिए । माओवादी सशस्त्र युद्धकालमा जनजीवन प्रभावित भएपछि गाउँले दिनचर्या-सन्ध्याचर्या-रात्रिचर्याका सांस्कृतिक मनोरञ्जनका…

अनि हाम्रो जिन्दगीमा इन्टरनेट, स्मार्ट फोन र सोसल मिडिया आयो

कोभिड कालमा सहरहरूमा सिनेमा हल बन्द भए । नाट्य रंगमञ्चहरू बन्द भए । कला प्रदर्शनी कक्षहरू बन्द भए । दोहोरी साँझ र क्लबहरू बन्द भए । गाउँघरमा पनि रोदीहरू, मेलापात, हाटहटिया, रामरमिताहरू त कोभिडअघि नै पनि बन्दप्रायः थिए । माओवादी सशस्त्र युद्धकालमा जनजीवन प्रभावित भएपछि गाउँले दिनचर्या-सन्ध्याचर्या-रात्रिचर्याका सांस्कृतिक मनोरञ्जनका…

तस्बिरमा तराईको जनजीवन (फोटोफिचर)

तराईमा सुख पनि छ दुःख पनि । चिल्ला सडक छन् धुलाम्मे गल्ली पनि । ठूला बजार र स-साना गाउँ पनि । बजारले भन्दा तराईका भित्री गाउँले वास्तविक तराईको झल्को दिन्छ । तर तराईका किसानलाई यति बेला बाली भित्र्याउन भ्याइ नभ्याइ छ । प्रदेश-२ काे धनुषाकाे विभिन्न गाउँमा पुगेर विकास गोलेले तस्बिरमा उतारेको तराईको जनजीवन हेर्नुहोस् :

https://www.onlinekhabar.com/2020/06/875073

प्रान्समा एउटा भाले परम्परागत गाउँले जनजीवन तथा आधुनिक सहरीया जनजिवनबीचको तनाव र झगडाको प्रतीक बनिरहेको थियो । तर अदालतमा पारम्परिकता र आधुनिकताबीचको द्वन्दको प्रतीक बनिरहेको उक्त कुखुराको भाले अन्ततः यो संसारबाट बिदा भएको छ । माउरिस …

स्थानीय स्वाद र रमझममा रमाउन पाइने अम्बोटे होमस्टे

ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पु-याउने उद्देश्यले पछिल्लो समय धेरै होमस्टे सञ्चालनमा आएका छन्। होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै जाँदा ‘होटल’ बन्न थालेको आरोप पनि लाग्ने गरेको छ। उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाको अम्बोटेमा सञ्चालित गुरुङ होमस्टेले भने स्थानीय उत्पादनलाई बढवा दिँदै पाहुनालाई मौलिक तरिकाले स्वागत गरिरहेको छ। धादिङको सदरमुकाम धादिङबेँसीदेखि ३५ किलोमिटर उत्तरमा साबिकको गुम्दीमा रहेको अम्बोटेगाउँ पछिल्लो समय होमस्टेका लागि चर्चित बनेको छ। १६ घर गुरुङ समुदायको बसोबास रहेको यो ठाउँ अहिले गुरुङ होमस्टेका रूपमा परिचित छ। यहाँ सञ्चालित होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, स्थानीय खानपान, सरसफाइ र स्थानीय संस्कृतिको आनन्द रहेको होमस्टे सञ्चालक रूपा गुरुङले बताउनुभयो। गुरुङका अनुसार यहाँ आइपुग्ने पर्यटक गुरुङ संस्कृतिसँग मज्जासँग रम्न पाउँछन्। यहाँका १६ घरमध्ये नौ घर भूतपूर्व सुरक्षाकर्मीका हुन् भने पाँच घर बहालवाला सुरक्षाकर्मीका हुन्। त्यस्तै एक घरका सदस्य निजामती सेवामा कार्यरत छन्। सरकारी सेवामा रहँदा गरेको मेहनत र अनुशासनलाई आफूहरूले होमस्टेमा प्रयोग गरेको होमस्टे सञ्चालक मानबहादुर गुरुङले बताउनुभयो। फौजीमा हुँदा देखेको र गरेका कामलाई आफ्नै गाउँघरमा प्रयोग गर्दा निकै आनन्द लागेको गुरुङको भनाइ छ।